ताप्लेजुङमा आगलागीबाट करिब १० घर जले

काठमाडौं । ताप्लेजुङमा भीषण आगलागी भएको छ। बिहीबार दिउँसो मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार आगलागीबाट १० वटा घर जलेका छन्।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत सर्ट भएर आगालागी सुरु भएको हो। ७ घर पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् भने अन्य तीन घरमा पनि आगोले ठूलो क्षति पुर्‍याएको उनले जानकारी दिए।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन भएको छ। उक्त ठाउँमा करिब ५० घर धुरी रहेका छन् ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस