काठमाडौँ । माइतीघर मण्डलामा आत्मदाह प्रयास गरेकी युवतीको उद्धार गरिएको छ। मंगलबार साँझ माइतीघर मण्डलामा आयोजित दीप प्रज्वलन कार्यक्रम चलिरहेका बेलामा ती महिलाले आगो लगाउने प्रयास गरेको जिल्ला प्रहरी परिसरका एसपी दानबहादुर थापाले जानकारी दिए ।
गोरखा घर भएकी ३० वर्षिया लक्ष्मीदेवी बस्नेतले आत्मदाह प्रयास गरेकी थिइन्।
प्रज्वलनशील पदार्थ खन्याएर शरीरमा आगो लगाएको देखेपछि उनलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ एसपी थापाले बताए। उनका अनुसार युवतीलाई ट्रमा सेन्टर पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८३ भाद्र २३ गते मङ्गलवार


