काठमाडौँ । सरकारले भदौ २२ गते सार्वजनिक बिदा नभएको जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।
तर, राष्ट्रिय शोक मनाउने विषयलाई सार्वजनिक बिदाका रूपमा बुझिएको भन्दै सरकारले त्यो दिन बिदा नरहेको बताएको हो । ‘२२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । तर, सार्वजनिक बिदा दिइएको छैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि २२ गते सार्वजनिक बिदा नभएको जानकारी दिए ।
प्रकाशित मिति : २०८३ भाद्र १८ गते बिहिवार


