शव पहिचानका लागि डीएनए परीक्षणको व्यवस्था

काठमाडौँ । बाढीका कारण बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकका शव वा शरीरका अङ्गहरूको डीएनए परीक्षणमार्फत पहिचान गर्न सरकारले आवश्यक व्यवस्था मिलाएको छ । प्राप्त शव वा शरीरका अङ्गको डीएनए प्रोफाइलसँग आफन्तको डीएनए तुलना गरी पहिचान सुनिश्चित गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो ।

नेपालमा रहेका परिवारजनले हराइरहेका व्यक्तिका सबैभन्दा नजिकका नातेदार ९आमा, बाबु, छोरा वा छोरी० मध्ये कुनै एक जनाको फ्रेस ब्लड स्याम्पल र २ प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल वा नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

विदेशमा रहेका बेपत्ता व्यक्तिका आफन्तहरूले पनि विदेशमै डीएनए प्रोफाइलिङ गराउन सक्ने सुविधा दिइएको छ। यसका लागि हराइरहेका व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित देशमै डीएनए परीक्षण गराई त्यसको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउनुपर्नेछ।

प्रकाशित मिति : २०८३ भाद्र १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस