खानेपानी क्षेत्रमा जनताको मौलिक अधिकार हनन : अध्यक्ष ओलि

देउखुरी । प्रगतिनगर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ८औँ वार्षिक साधारणसभा तथा ४औँ अधिवेशन देउखुरीमा सनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भरत प्रसाद पाण्डेको अध्यक्षतामा एबम् राष्ट्रिय साना सहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओली प्रमुख अतिथि तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो ।

सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथि खेमराज ओलीले खानेपानी क्षेत्रमा सरकारले लगाएको कर, विद्युत महसुल तथा उच्च ब्याजदरले जनताको मौलिक अधिकार हनन गरेको बताउनु भयो। साथै, उपभोक्ता समितिहरू खारेजी तथा विघटन गरी स्थानीय तहलाई दिइएको अधिकारप्रति उहाँले कडा विरोध समेत गर्नु भएको छ ।

त्यसैगरी विशिष्ट अतिथि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले गाउँपालिकाले गरिब तथा विपन्न जनतालाई धारा जडान गर्दा ५० प्रतिशत छुट प्रदान गर्ने नीति लिएको बताउदै खानेपानी क्षेत्रको जिम्मेवारी उपभोक्ता समितिले लिएकोमा प्रशंसा गर्दै सरसफाइ क्षेत्रमा समेत समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव तीर्थराज ज्ञवालीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ पुष १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस