सुन–चाँदीको मूल्य उकालो लाग्दै

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बुधबार सुन प्रतितोला दुई लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य भने तोलामा एक सय १० रूपैयाँले बढेको छ।

मंगलबार तीन हजार पाँच सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार तीन हजार ६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार दुई सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस