कल्याणकारी सहकारीमा वाल वचत कार्यक्रम सुरु

दुधरास (फोर्टिनाइन) । तुलसीपुर उपमहानगरपालिका—१७ फोर्टिनाइनमा पन्ध्र बर्ष पहिले स्थापना भएको श्री कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि ले वाल वचत कार्यक्रम सन्चालनमा ल्याएको छ । सहकारीले सनिवार आयोजना गरेको तेह्रौं साधारणसभाका अवसर पारेर वाल वचत कार्यक्रममा जोडिएका ९ जना वालवालिकाहरुलाइ सम्मान समेत गरेको छ ।

अभिभावकहरुले ती वालवालिकाका नाममा हरेक महिना एक हजार रुपैयाका दरले जम्मा गर्ने छन् । त्यसबाट आएको मुनाफा वालवालिकाकै क्षेत्रमा खर्च गरीने पनि वालवालिकाका अभिभावकहरुले जनाएका छन् ।

एक सय चौतिस जना शेयर सदस्य रहेको सो सहकारीको तेह्रौं साधारणसभामा बोल्दै प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिका—१७ का वडाध्यक्ष थलराज पुरीले सहकारी सन्चालकले संस्थागत उत्तरदायित्व, पारदर्शिता तथा मर्यादालाइ उच्च प्रार्थमिकता दिंदै सहकारीलाइ उत्पादनसंग जोड्न पनि आग्रह गरे । सुचना प्रविधिको पछिल्लो युगलाइ आत्मसात गर्दै वचतकर्ताको बचतलाइ सुनिश्चित र सुरक्षित गर्न पनि सहकारीले समयानुकुल परीवर्तन भएका नियम कानुन र कार्यविधिलाइ आत्मसात गर्न आग्रह गरे । ‘पछिल्लो समयमा कतिपय ठुला सहकारीहरुमा बचतकर्ताका पैसा अपचलन भएको छ, तपाइहरुले यसो गर्नुहुने छैन भन्नेमा म पुर्ण विश्वस्त छु’, प्रमुख अतिथि पुरीले भने, तपाइ सन्चालकहरु प्रतिको विश्वासकै कारण म समेत यो सहकारीमा शेयर सदस्यका रुपमा जोडिएको छु ।

कार्यक्रममा विशिष्ठ अतिथि तथा छर्छरे खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष गेहराज पौडेलले हरेक सहकारीले बचत कर्ताको रकम सुरक्षित गर्ने मात्र नभएर लगानीमैत्री वातावरण बनाउनु पर्नेमा जोड दिए । ‘ऋण लगानी बढाउनु सहकारीको मेरुदण्ड हो, तर गरेको लगानीलाइ उठाउन सक्ने स्पष्ट आधार देखेपछि मात्र लगानी गर्नुस्’, पौडेलले भने, तपाइले गरेको ऋणको किस्ता निर्धारित समयमा उठाउन सक्नु भएन भने त्यसले भविस्यमा सहकारीमा समस्या ल्याउन सक्ने छ । पछिल्लो समयमा सहकारीमा देखिएको विचलन र वचत कर्ताको पैसा अपचलनप्रति सचेत रहन पनि उनले सहकारी नेतृत्वलाइ सुझाव दिए । त्यसैगरी संस्थाका सल्लाहकार जेनि रिजालले पनि सुझाव दिएकि थिइन ।

संस्थाका अध्यक्ष गिरीराज पाण्डेले आफुले नेतृत्व गरेको संस्थाले बचतककर्ताहरुको बचतलाइ सुरक्षित र सुनिश्चित गर्न पारदर्शिता, जवाफदेयिता र विधिलाइ गहन जिम्मेवारी ठानेको बताए । ‘हामी आयआर्जनसंगै सामाजिक उत्तरदायित्व तर्फ पनि अग्रसर हुनु आवस्यक हुन्छ, तर हामीले बचतकर्ताको भावना विपरीत कुनैपनि काम गर्ने छैनौं’, अध्यक्ष पाण्डेले भने हामीले सहकारीमा वालवालिका देखि बृद्धबृद्धा सम्मलाइ जोडेका छौं । संस्थाका उपाध्यक्ष सन्तोषी केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लेखा समिति संयोजक मुकुन्द रिजालले संस्थाको समग्र लेखा प्रतिवेदन प्रस्तुत गर्दै केहि सुझावहरु समेत साधारणसभामा प्रस्तुत गरेका थिए ।

त्यसै अवसरमा श्री कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि का कोषाध्यक्ष छवि कुमार केसीले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको समग्र आर्थिक मार्गचित्र प्रस्तुत गरेका थिए भने संस्थाका सचिव प्रकाश वलीले बार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै विगतमा भएका कामहरुको समिक्षा गर्दै आगामि दिनहरुमा सहकारीले सन्चालन गर्ने कार्यक्रम र कार्ययोजनाका विषयमा प्रस्तुत गरेका थिए ।
यसैबीच तेह्रौं साधारणसभाले सचिव, लेखा समिति र कोषाध्यक्षका फरक फरक प्रतिवेदन सर्वसम्मत रुपले पारीत गर्ने निर्णय गरेको छ । कार्यक्रमको सहजीकरण मिनराज डांगीले गरेका थिए । संस्थाले आर्थिक बचत कर्ताको रकम अनुसार लाभाम्स पनि वितरण गरेको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस