चेन खोल्दा सुर्योदय भैसकेको थियो…

विजौरी / शुक्रवार ११ः५८ मा एउटा म्यासेज आयो, गोरखा वोडिङका प्रिन्सपल विजय जिएमको । नमस्कार, आज ३३० बजे विजौरीबाट प्रस्थान गर्ने जानकारी गरीन्छ, यो सन्देशले हामी सवैले नाइ भन्न सकेनौ । किनकि एक साता अघिको हाम्रो जमघट स्थानिय पर्यटनकालागी चांसो बनेको थियो ।

हामीबीच राजकोटको अवसर थियो, सवारीकोटको अवसर पनि थियो । छिल्लीकोटको पनि । अनि हामीले सामुहिक निश्कर्षमा घोरधौरा । घोरदौरा कवि शिरोमणि लेखानाथ पौडेलले रचना गरेको स्थल । घोराही उपमहानगरपालिका भएर पनि पिछडिएको स्थल, त्यसैले हामीले छान्यौं । साहित्य, शारिरिक व्यायम अनि घोराहीको उचो भाग र बस्नकलागी पनि लायक घोरदौरा।

उचाईका वारे नलेखौं फेरी जानेहरुलाई समस्या हुन सक्छ । तर बाटो असहज छैन । हामी घोरधौराको यात्राको परिकल्पना गोरखा वोर्डिङका प्राचार्य विजय जिएमको थियो । हाम्रो यात्रा डे वान र डे टु थियो । हामी सर्जक थिएनौं, तर सर्जकले बसेको स्थान हेर्न हामीहरु आतुर थियौं ।

हाम्रो यात्रामा शरण जिएम, सुदिप भुसाल, कृष्ण सर र म अनि खोमराज रिजाल सहित ६ जना थियौं । त्यहाँको पर्यटकिय प्रर्वदन गर्ने पनि त हामै दायित्व हो भन्ने स्मरण गर्यौं । घोरदौरा उकालोमा हामीहरु वयलडांडा चौचारी युवा क्लवको शारीरिक अभ्यास स्थलमा पुग्यौं । केहि फोटो शोसन पछि हाम्रो यात्रा उकालोमै थियो । किनकि हामी सुर्यास्तको लागि आतुर थियौं ।

माथि पुगेपछिको दृश्य अत्यन्त मनमोहक थियो । हामीले स्मरण गर्यौ दाङको पर्यटकिय क्षेत्र हामीले अनुभुति गर्यौं आफ्ना्े दाङ । त्यसपछिको हाम्रो उदेश्य पर्यटकिय क्षेत्रको प्रवर्घन । खानापछि हामीहरुलाई दिइएको दुइवटा टेन्ट । जवजस्त हामी अटायौं त्यो टेन्टमा । घोरदौरामा कुनै सुरक्षा चुनौति थिएन । हामीले राखेका वाइक रिसोर्टको सिसि क्यामेरामा कैद हुन्थ्यो । हेल्मेट पनि सुरक्षित हुन्थे । त्यहि भएर त हामी नेपालमा सुरक्षिति छौ ? र नेपाल सुरक्षित पदयात्राको गन्तव्य पनि हो ।

घोरदौराकोे रात्रिकालिन अभियानमा हामीले कुनै गुनासो झेल्न परेन । टेन्टमा हाम्रो सुताई थियो । व्युझिदा सुर्योदय भैसकेको थियो । सियु घोरदौरा भन्न नपाउदै त्यहांको समस्या पनि जानकारी गराउन हामीहरुलाई उपयुक्त लाग्यो ।

टेन्टको चेन खोल्दै सौचालयको अपेक्षा हाम्रो थियो । तर सौचालयको भने धेरै अभाव । लाइन बस्दैगर्दा हामी डे टु मा पनि घोरधौरामै वितार्यौ । अनि हाम्रो यात्रा द्दारधौराबाट फर्कियो । घोरदौरा लाहुरे बन्नेहरुकालागी पनि उकालोमा भारी बोक्ने अभ्यास रहेछ । हामीले भन्र्यौ शि यु घोरदौरा ….।

साभारः साक्षी खबर

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस