दुधरास । दुधरास वचत तथा ऋण सहकारी संस्थाको तेह्रो साधारणसभा तथा पाँचौ अधिवेशन दुधरासमा सनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष केशवराज रिजालको अध्यक्षता एबम् जेष्ठ शेयर सदस्य जागेश्वर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा वोल्ने वक्ताहरुले सहकारीप्रति आम जनताको गलत वुझाई भएको वताउदै अव यस्ता गलत धारणालाई हामीले चिर्न सक्नु पर्छ भने । साथै सहकारीको मर्म तथा उद्देश्य अनुसार कार्य गरे संस्थाको कुनै वदनाम नहुने जिकिर गरे । संस्थालाई वलियो वनाउन सवै शेयर सदस्यहरुको उत्तिकै भूमिका हुने कुरामा जोड समेत दिएका थिए ।

संस्थाका उपाध्यक्ष धनवहादुर वस्नेतको स्वागत मन्तव्यवाट श्ुरु भएको उक्त सभामा शेयर सदस्य विरेन्द्र खड्का,युवराज डाँगी, जगन्नाथ अधिकारी, डिल्ली वुढाथोकी लगाएतकाले धारणा राखेका थिए । आर्थिक आय–व्याय व्यवस्थापक शिवराज डाँगीले र प्रगति विवरण सचिव प्रमोद घिमिरेले प्रस्तुत गर्नु भएको थियो । उक्त सभाको सहजिकरण सचिव प्रमोद घिमिरेले गर्नु भएको थियो ।
सहकारीमा नयाँ नेतृत्व
उक्त सभाले नयाँ नेतृत्व समेत चयन गरेको छ । अधिवेशनले प्रमोद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसमा उपाध्यक्षमा उर्मिला पोख्रेल, सचिवमा युवराज डाँगी, कोषाध्यक्षमा सुर्यवहादुर वस्नेत रहनु भएको छ भने सदस्यहरुमा विरेन्द्र खड्का, देवा डाँगी, राधिका पोख्रेल, मनोजजंग राणा, शारदा घिमिरे, वुद्धि केसी र वसन्त वली रहनु भएको छ ।
त्यसैगरि उक्त अधिवेशनले निराकर अधिकारीको संयोजकमा लेखा समिति सर्वसम्मत रुपमा चयन गरेको छ , जसमा रमेश रोका र अर्जुन डाँगी सदस्य रहनुभएको छ । सल्लाहाकार प्रमुखमा केशवराज रिजालको सहित डिल्ली वुढाथोकी र गिता खुलाल सदस्य रहनु भएको छ ।


