नयाँ पाइला बिजौरीमा सामुहिक टीका ग्रहण

बिजौरी । नयाँ पाइला पुर्नस्थापना केन्द्र सुधार केन्द्रमा विजया दशमीमा सामुहिक टीका,जमरा ग्रहण कार्यक्रम सम्पन्न भएकाे छ ।

लागूपदार्थ दुर्ब्यशन उपचारार्थीहरुलाई विजया दशमीको अवसरमा सामुहिक टीका कार्यक्रम ब्यवस्थापन गरेको हो ।
हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर१९ बिजौरी हाडिमेमा रहेको सस्थाले संस्थामा रहेका सम्पूर्ण उपचारार्थीहरुका लागि टीका लगाउने प्रबन्ध मिलाइएको सस्थाका प्रमुख सुरेश भुसालले जानकारी दिनुभएको थियो ।

सुधार केन्द्र भित्र रहेका सबैजनालाई टिका लगाउनका लागि प्रबन्ध् मिलाइएको थियो ।


संस्थामा हाल ३६जना उपचारार्थी रहेका छन् ।

उपचारार्थीहरुलाई नरमाइलो नहोस् भन्ने उद्देश्यले सुधार गृह मै टीकाको प्रबन्ध मिलाई सम्पुर्ण ब्यवस्थापन संस्थाले नै गरेको भुसालले जानकारी दिनुभएको ।

उक्त सुधार गृहले प्रत्येक बर्षमा मनाउने मुख्य चाडपर्वकाे अवसरमा उपचारार्थीहरुलाई विभिन्न मनोरञ्जनका कार्यक्रम संचालन गर्दै आएको भुसालले बताउनु हुन्छ । संस्थाले हालसम्म करिब १४ सयबढीलाई उपचारपछि पुर्नस्थापना गरेको सस्थाका प्रमुख भुसालको दाबी छ ।

अन्त्यमा, सकारात्मक सोचका धनी सुरेश भुषालले आफ्नो पूरा जीवन नै यही दुव्र्यसनीहरूको जीवनलाई कसरी मुक्त बनाउन सकिन्छ भन्नेकुरामा लगाइरहने समेत बताउनु हुन्छ ।

प्रकाशित मिति : २०८२ असोज १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस