प्रभु बैंक तुलसीपुर शाखाको सेवा अब घोराही रोडबाट

तुलसीपुर । विगत १६ वर्षदेखि तुलसीपुरको ‘क’ लाइन क्षेत्रबाट सेवा दिँदै आएको प्रभु बैंक लिमिटेड, तुलसीपुर शाखा अब नयाँ स्थानबाट सेवा दिन थालेको छ। बैंकले आइतबारदेखि घोराही रोडस्थित विद्युत कार्यालयको पूर्व–दक्षिणतर्फ रहेको नयाँ स्थानबाट आफ्नो नियमित सेवा सञ्चालनमा ल्याएको हो।

बैंक शाखा प्रमुख अर्जुन शर्माका अनुसार सेवा स्तरीकरण तथा ग्राहकको सुविधालाई ध्यानमा राख्दै शाखा स्थानान्तरण गरिएको वताए ।

नयाँ स्थानमा सरेपछि ग्राहकहरुले अझ सहज, सुलभ र गुणस्तरीय बैंकिङ सेवा पाउने विश्वास बैंकले व्यक्त गरेको छ। बैंकले नियमित कारोबारी सेवा, कर्जा सुविधा, बचत खाता, मोबाइल बैंकिङ, एटीएम लगायतका सेवा निरन्तर सञ्चालनमा राखेको जनाएको छ।

प्रभु बैंक तुलसीपुर शाखाले स्थापना कालदेखि नै यहाँका स्थानीयवासी, व्यवसायी तथा संघसंस्थाहरुलाई सेवा दिँदै आएको छ। नयाँ स्थानमा सरेपछि सेवा क्षमता थप विस्तार हुने बैंकको भनाइ छ।

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस