कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई ब्रोडवे इन्फोसिसको आईटी कोर्समा १८ प्रतिशत छुट

काठमाडौँ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि सूचना प्रविधि तालिम प्रदायक ब्रोडवे इन्फोसिसले आफ्ना सबै आईटी कोर्समा १८ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

नयाँ सीप सिक्न चाहने र आईटी क्षेत्रमा उच्च अध्ययनको सोच बनाएका विद्यार्थीलाई लक्षित गर्दै सस्थाले यो अफर ल्याएको हो ।

काठमाडौंको तिनकुनेमा अवस्थित संस्थाले प्रोग्रामिङ, साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, पाइथन, इथिकल ह्याकिङ लगायतका कोर्सहरू सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस