शान्तिपुर । शान्तिनगर गाउपालिका ४का लक्षित समुदायका अति विपन्न परिवार कृषि उत्पादन सामग्री पाएपछि दङ्ग छन्। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी र कृषि अर्थविज्ञ पृथ्वीराज लामिछाने त्यहाँको बस्तीमै पुगेर विपन्न परिवारलाई कृषि उत्पादन सामग्री बितरण गरेका थिए। कृषि उत्पादन सामग्री पाएपछि उनीहरू खुसी मात्र भएनन् व्यवसायिक तरकारी खेती गर्ने समेत योजना बनाए ।

हामीले अहिलेसम्म कुनै सहयोग,तालिम पाएकै थिएनौ ´शान्तिनगर गाउँपालिकाकी खिमुभिकाले भनिन् बस्तीमै आएर कृषि उत्पादन सामग्री दिनुभयो अब व्यवसाय खेतीतर्फ लाग्छु।´ विक सहित २५ जनालाई लक्षित समुदाय विशेष आय आर्जन कार्यक्रम अन्तर्गत व्यवसायिक तरकारी खेती कसरी गर्ने भन्ने विषयमा पनि तालिम दिएको थियो। त्यसका साथै कृषि प्रविधि सामग्रीको प्रयोगबारे पनि सिकाइएको थियो।

कृषि ज्ञान केन्द्र दाङका प्रमुख भण्डारीले कृषि उत्पादन सामग्री र बिउविजनहरू प्रयोग गरेर व्यवसायिक खेतीतर्फ लाग्न अनुरोध गरेका थिए ।
लक्षित समुदाय परिवारको आर्थिक उन्नतिको लागि कृषि ज्ञान केन्द्रले तपाईँहरूलाई छनोट गरेको हो´ भण्डारीले भने यो अवसरको सदुपयोग गर्नुहोला।´ कृषि गरेर आत्मनिर्भर बन्न चाहनेलाई कृषि ज्ञान केन्द्रको ढोका सधैं खुला रहेको बताए।स्वस्थ र निरोगी बन्नको लागि आफै तरकारी उत्पादन गरेर खानुपर्छ´ भण्डारीले सुझाव दिँदै भने बढी भएको अवस्थामा बजारमा लगेर बिक्री गरेर आर्थिक प्रगति पनि गर्न सकिन्छ ।´
कृषि प्रविधि सामग्री र बिउविजन पाएपछि व्यवसायिक तरकारी खेती गर्ने प्रतिबद्धता गरेका थिए।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका अर्थविज्ञ लामिछानेले लक्षित समुदायका विशेष आय आर्जन कार्यक्रम अन्तर्गतअनुदानमा २५ जनालाई कृषि प्रविधि सामग्रीसँगै टमाटर लौका, बोडी, करेलाको बीउ प्रदान गरिएको बताए। त्यसका साथै रोगनाशक र कीटनाशक औषधिसमेत दिएको जानकारी गराए ।
पहिलो चरणको तरकारी खेती गर्नको लागि पर्याप्त सामग्री बिउविजनहरू दिएको बताएका थिए। लामिछानेले कम विषादी प्रयोग गरेर तरकारी खेती गर्नेबारे जानकारी गराएका थिए ।


