विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चुवा स्थित श्रीगैइ प्राथमिक विद्यालयका विद्यार्थीलाई एक विशेष कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण गरिएको छ।

समाजसेवी भुवन भुसाल, नारायण भुसाल, माधव भुसाल र बल बहादुर केसीले आफ्नो बुवा–आमाको सम्झनामा स्थापित अक्षयकोषबाट प्राप्त रकमले विद्यालयमा अध्ययन गर्ने २२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अथिती तुलसीपुर उपमहानगरपालिका वडा न ७ का वडा अध्यक्ष राम बहादुर जिसीेले व्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए कार्यक्रमका प्रमुख अथिती वडा अध्यक्ष जिसीले विद्यालयमा विद्यार्थीहरुको उपस्थिति घट्दो रहेको र विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाई शैक्षिक सामाग्री वितरण कार्यले विद्यार्थीहरुमा नियमित विद्यालय आउने वातावरण वन्ने बताए । उनले विद्यार्थीहरूको न्यूनतम आवश्यकता पुरा गर्ने उद्देश्यले विद्यालयमा, स्टेस्नरी सामग्री, र ब्याग वितरण गरिएको जनाएका छन् ।

विद्यालयमा अध्ययनरत बालबालिकामा केही राहत हुने र समाजमा पनि सामाजसेव गर्न प्रेरण मिल्ने प्रमुख अथिती जीसीले भने । अध्यक्ष जिसीले शैक्षिक सामग्रीहरू वितरण गरेर विद्यार्थीलाई पढाइमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा लागी पर्ने बताए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सबै एकजुट भएर काम गर्नुपर्ने उल्लेख गरे।

सोही अवसरमा अक्षय दाता भुवन भुसालले बुवा आमाको प्रेरणाले समाजसेवमा लागेको बताए उनले आफनो सानो सहयोगले वालवालीकाको पढाईमा सहयोग पुगोस भन्ने उदेश्यले हाम्रो परिवारको सल्लाहले अक्षयकोष स्थापना गरेको जनाए । आफुले अध्ययन गरेको बिद्यालयमा सानो भएपनि अक्षयकोष स्थापना गर्न पाएकोमा खुशि ब्यक्त गर्दै यो बिद्यालयको शैक्षिक स्तर बृद्धिको लागि सक्दो सहयोग गर्न प्र्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा अर्का अक्षयकोष दाता नारायण भुसाल ,बल बहादुर केसीले पनि आफनो धारणा राखेका थिए । त्यसै गरी कार्यक्रममा बडा सदस्य शोभाराम भण्डारी , वडा सचिव अमृत दाहल , समाजसेवी लक्षमण केसी पत्रकार बंशीकुमार शर्मा , आशिष केसी , मेरी गोल्डबोर्डिङका भाईस प्रीन्सीपल सोमराज बस्नेत ,जनसेवा सहकारीका अध्यक्ष जीवन भण्डारी , लगायतकाले शुभकामना दिएका थिए ।

विद्यालयका शिक्षिका शिक्षक र अभिभावकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गीता भुसालको अध्यक्षतामा कार्यक्रमको संचालन विद्यालयकी प्र अ मुना पौड्यालले गरेकी थिईन

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस