सांसद अनिसा नेपालीद्वारा सिचाई योजना अनुगमन

तुलसीपुर । संघीय सांसद अनिसा नेपालीले आज, मंगलबार तुलसीपुर उपमहानगर पालिका वडा नं. ११ स्थित सिचाई योजनाको अनुगमन गरेकी छन्।

यस योजनाको अन्तर्गत १ करोड रुपैयाँको बजेट रहेको छ, जसले तुलसीपुर उपमहानगर पालिका ११ मोतिपुर, टिमुरकोटे, हिलुवा, बहि ओजयौ सम्मको कच्ची कुलोलाई पक्की बनाउनको लागि कार्य भइरहेको छ।

सांसद नेपालीले अनुगमनका क्रममा उपस्थित स्थानीय उपभोक्ता, राजनीतिक दलका प्रतिनिधिहरू र समाजसेवीसंग योजनाको बारे जानकारी लिइन्। उनले गुणस्तरमा कुनै प्रकारको कमजोरी नआउने सुनिश्चितता दिने निर्देशन दिइन् र कुलो पक्की भए पछि यहाँका कृषकहरूले बेमौसमी तरकारी खेती गरेर आय आर्जनमा वृद्धि गर्ने सुझाव पनि दिइन्।

सोही ठाउका किषान जुगराम चौधरीले यो कुलाले सय बिघा जग्गा सिंचित हुने जानकारी दिए । उनले सधै स्यालाले बाध बन्धन गर्दै सिचाई गर्दै आएकोले अव कुलो पक्की भएपछि खेतीपाती गर्न सजिलो हुने कुरा उल्लेख गरे । उनले अव हामीहरुले सिजनवल खेती मात्र होईन अव बेमौसी खेती गरि थप आय आर्जन गर्न सक्ने बताएका थिए त्यसैगरि अर्का किषान जग्गुराम चौधरी पनि दंग देखिन्थे खेतीको समयमा कुलो लग्ने कठिनाईबाट छुटकुरा गराईदिएकोमा सांसद नेपालीलाई धन्यबाद दिएका थिए ।

उनले स्यालाले बाध बाधै कुलामा पानी ल्याएर सिचाई गर्न निकै हैरान पर्नु परेको र अब पक्की कुलो बन्ने भएपछि सिचाईको प्रक्रिया सजिलो हुने कुरा उल्लेख गरे।

सांसद नेपालीले जनप्रतिनिधिहरूले जनताको माग र आवश्यकतामा आधारित योजनाहरूलाई प्राथमिकता दिनुपर्ने बताउँदै, उनले स्थानीय स्तरमा सुरू भएका योजनाहरूको कार्यान्वयन प्रभावकारी बनाउन अनुगमनको प्रक्रिया निरन्तर जारी राख्ने प्रतिवद्धता गरिन उनले यहाँका जनताको माग अनुसार योजनामा बजेट विनियोजन गरेकी हु त्यसैले योजनाको गुणस्तर र स्तरमा कमि हुन नदिन आग्रह गरिन ।

निर्माणधिन सिचाई कुलोको उपभोक्ता समितिका अध्यक्ष मोहन बस्नेतले पनि काममा दत्तचित भएर समयमै काम सम्पन्न गर्नको लागि प्राविधिक निर्देशनअनुसार कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस