नेपाल रेडक्रस सोसाइटिको ४१ औं साधारणसभा, रेडक्रस राजनितिज्ञहरुका लागी प्रेरणाको श्रोत–पुर्व मुख्यमन्त्री चौधरी

विजौरी । नेपाल रेडक्रस सोसाइटी दाङको ४१ औं साधारणसभा मंगलवार विजौरीमा सम्पन्न भएको छ । मानवतालाइ जिवित राखौं भन्ने भावनाका साथ सुरु भएको साधारणसभामा प्रमुख अतिथिको तर्फबाट बोल्दै लुम्विनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य डिल्लीवहादुर चौधरीले नेपाल रेडक्रस सोसाइटीका हरेक सामाजिक अभियानमा प्रदेश सरकार साथै रहने वताए ।

रेडक्रस राजनितिज्ञहरुका लागी पनि प्रेरणाको श्रोत रहेको उल्लेख गर्दै प्रमुख अतिथि चौधरीले मुलुकमा आइपर्ने हरेक विपतका घडिमा नेपाल रेडक्रस सोसाइटीको अग्रणी भुमिका रहेको भन्दै सामाजिक सेवालाइ अझै प्रभावकारी ढंगले अघि बढाउन पनि रेडक्रसलाइ आग्रह गरे । ‘प्राकृतिक विपतका वेला रेडक्रसले निर्वाह गर्दै आएको अहम भुमिकालाइ हामी सधै स्मरण र उच्च सम्मान गर्दछौं, रेडक्रसको विपत कोषमा कुन चिजको आवस्यक छ, त्यो पुरा गर्न प्रदेश सरकार तयार छ’, प्रमुख अतिथि चौधरीले भने ।

नेपाल रेडक्रस सोसाइटी विजौरी शाखाको आतिथ्यमा सम्पन्न साधारणसभामा शुभकामना व्यक्त गर्दै कार्यक्रमका विशिष्ठ अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले रेडक्रसले विगत देखि वर्तमान सम्म गरेको सामाजिक सेवा भावको उच्च प्रसंसा गरे । बाढिको प्रकोपमा होस वा भुकम्पको कठिन अवस्था लगायत आगजनीका प्रभावितलाइ पुर्नस्थापन गर्ने सन्दर्भमा रेडक्रसको भुमिका सराहनीय भएको भन्दै रेडक्रसका अभियानलाई जिवन्त बनाउन स्थानिय सरकार पनि सधै साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाक्ष्टी दाङका सभापति मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विमल केसीले संस्थाको बार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष खुसल तर्तालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विगतदेखि हालसम्म नेपाल रेडक्रस सोसाइटिका अभियानलाइ प्रार्थमिकता दिएर योगदान पु¥याएको भन्दै पुर्व जिल्ला सभापति भरत न्यौपाने, रेडक्रस सदस्य प्रेमवहादुर न्यौपाने, साक्षी खवर साप्ताहिकका सम्पादक राकेश बस्नेत, गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल, नया युगवोध राष्ट्रिय दैनिकका पत्रकार एकराज भण्डारी लगायतलाई सम्मान गरिएको थियो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटि विजौरी शाखाका सभापति वालकृष्ण रेग्मी, विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, नेपाल रेडक्रस सोसाइटीमा केन्द्रिय सदस्य भगवती शर्मा, पुर्व उपसभापति भरत प्रसाद न्यौपाने, राप्ती प्रादेशिक अस्पताल विकाश समितिका अध्यक्ष पदम प्रसाद न्यौपाने, सम्वाद समुहका सहजकर्ता शुशिल बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी दाङका मन्त्री प्रकाश श्रीवन्तले गरेका थिए । साथै साधारणसभाको वन्दसत्रले उपमन्त्री विमल केसी र कोषाध्यक्ष कुशल तर्तालले प्रस्तुत गरेका प्रतिवेदन सर्वसम्मत रुपले पारीत गरेको नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाका सचिव मुकेश वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस