नेपाल भारत मैत्री संघ दाङ शाखाको तेस्रो अधिबेशन

नारायणपुर । नेपाल भारत मैत्री संघ दाङको तेस्रो अधिबेशन मंगलबार नारायणपुरमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष शिशिर लम्सालको अध्यक्षता एबम् घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष दिपक पाण्डेको प्रमुख अथितिमा कार्यक्रम सम्पन्न भएको हो ।

हेकुली उपशाखाका निबर्तमान अध्यक्ष  बंशी कुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाल भारतको  पुरानो सम्बन्ध भएकोले यो सम्बन्धलाई कायम राख्नु पर्ने कुरामा जोड दिए ।  साथै नेपाल भारतको सम्वन्धलाई कायम राख्दै अव नेपालका पर्यटकिय क्षेत्रका वारेमा पनि अलि वढि चासो दिदै भारतसम्म प्रचारप्रसार गर्नका लागि शाखाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा जोड दिए । 

कार्यक्रममा हेकुली उपशाखाका सचीव दामोदर बस्नेत ‘राकेश’ तुलसीपुर उपसाखाका अध्यक्ष मानबहादुर गुरुङ, नारायणपुर उपशाखाका अध्यक्ष सुशील न्यौपाने, भालुबाङ उपशाखाका अध्यक्ष टोप बहादुर कार्की, शिक्षा बिद बिष्णु प्रसाद आचार्य, नारायणपुर खानेपानीका अध्यक्ष कुलप्रसाद रजौरे ’श्रावण झ, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अनिल कुमार बस्नेत लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण शाखाका सचिव यम प्रसाद भुसालले गरेका थिए ।

शाखा अध्यक्षमा लम्साल
यसैबीच नेपाल–भारत मैत्री संघ दाङ शाखाको नयाँ नेतृत्व चयन भएको छ । जसमा शिशिर लम्सालको अध्यक्षतामा नेतृत्वमा १३ जनाको कार्य समिति चयन भएको छ ।

जसमा सदस्यहरु यम प्रसाद भुसाल, दामोदर वस्नेत‘राकेश’, मनोज शाह, डोरवहादुर जिसी, कुल प्रसाद रजौंरे, निर्मल न्यौपाने, विष्णु थापा, सुनिल कुमार रेग्मी, रमा दाहाल रहेका छन भने वाँकी ८ जना पछि अध्यक्षले मनोनयन गर्ने विधानमा उल्लेख छ । विधान अनुसार २१ सदस्यीय कार्य समिति रहने छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस