वेलझुण्डी खानेपानीद्धारा निर्वाचन तालिका सार्वजनिक

विजौरी । तुलसीपुर उपमहानगरपालिकाका १६, १७, १८ र १९ वडाका स्थानियबासीलाइ खानेपानी उपलव्ध गराउदै आएको वेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था वेलझुण्डीले छैठौ अधिवेशनबाट नयां नेतृत्व चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचन समितिका अनुसार फागुन ६ गते साझ ५ बजे मतदाता नामावली प्रकाशन गरेको छ । मतदाता नामावली उपर दावि विरोधको समय फागुन ७ गते दिनको एक बजेसम्म तोकिएको छ । त्यसैगरी अन्तिम मतदाता नामावली फागुन ७ गते दिउसो ३ बजे तोकिएको छ । मनोनयन दर्ताकालागी फागुन ८ गते दिनको १२ बजे सम्म समय तोकिएको छ । उम्मेदवारको प्रथम नामावली फागुन ८ गते दिउसो १२ः४५ वजे तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली उपर दावि विरोध गर्नकालागी फागुन ८ गते दिउसो २ बजेसम्म तोकिएको छ ।

त्यसैगरी उम्मेदवारको अन्तिम नामावली फागुन ९ गते दिनको ३ बजेसम्मकालागी तोकिएको छ भने मतदान कार्यक्रम फागुन १० गते विहान ८ बजेदेखि दिउसो ४ बजेसम्मकालागी तोकिएको छ । साथै मतदान सकिएलगत्तै मतगणना सुरु हुने पनि निर्वाचन समितिले जनाएको छ । निर्वाचन कार्यातालिका संस्थाको कार्यालय वेलझुण्डिको सुचना पार्टिमा टांस गरिएको बताइएको छ ।

निर्वाचन समितिले उम्मेदवारी फारम दस्तुर १ सय रुपैया तोकेको छ । साथै अध्यक्ष पदका उम्मेदवारकालागी मनोनयन शुल्क ५ हजार रुपैया, उपाध्यक्ष र सचिव पदको मनोनयनको शुल्क ३ हजार रुपैया, कोषाध्यक्षको मनोनयन शुल्क २ हजार रुपैया र सदस्यहरुकालागी उम्मेदवारी मनोनयन शुल्क १ हजार रुपैया तोकिएको पनि निर्वाचन समितिले जनाएको छ ।

यश वेलझुण्डी खानेपानीमा १८ सय ५ मतदाता रहेका छ्न ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस