नेपाल भारत मैत्रीसंघ दाङले ७६ औँ गणतन्त्र दिवसका अवसरमा शैक्षिक सामाग्री र न्यानो कपडा वितरण

नारायणपुर – नेपाल- भारत मैत्री संघ दाङले भारतको ७६ औँ गणतन्त्र दिवस मनाएको छ ।


मित्र राष्ट्र भारतको ७६औं गण्तन्त्र दिवस उपलक्ष्यमा नेपाल भारत मैत्री संघ दाङ शाखाको आयोजनामा एक कार्यक्रमको आयोजना गरि मनाएको छ । कार्यक्रमका प्रमुख अथिती घोराही उपमहानगरपालिका वडा न ११का वडा अध्यक्ष कुल बहादुर लामिछानेले व्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो ।

दाङमा रहेका उपशाखाहरुको संमन्वयमा दाङको घोराही उपमहानगरपालिका–११ बाँसगजेरीमा रहेको श्री जनप्रिय प्राथमिक विद्यायलमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरिएको छ ।

नेपाल भारत मैत्री संघ दाङ शाखाका अध्यक्ष एवम केन्द्रीय सदस्य शिसिर लम्सालको नेतृत्वमा विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न परिवारका करिव ५१ जना विद्यार्थीहरुलाई आईतबार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरिएको हो ।


कार्यक्रमका प्रमुख अथिती घोराही उपमहानगरपालिका वडा न ११ का वडा अध्यक्ष कुल बहादुर लामिछानेले गरिव, विपन्न तथा विभिन्न कारणले विद्यालयमा विद्यार्थीहरुको उपस्थिति घट्दो रहेको र विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पनि आर्थिक अवस्था कम्जोर भएकाले शैक्षिक सामाग्री वितरण कार्यले विद्यार्थीहरुमा नियमित विद्यालय आउने वातावरण वन्ने बताउनुभयो ।

प्रमुख अथिती लामिछानेले नेपाल र भारतको भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण छन् । भारत र नेपालको संस्कृति, भाषा र धर्मको अन्य मुलुकको तुलनामा विशेष सम्बन्ध रहेको बताउदै अगामी दिनमा पनि यस्तै नै रहने भन्दै सम्पूर्णमा गणतन्त्र दिवसको शुभकामना दिनु भयो ।

सोही अवसरमा वोल्दै नेपाल भारत मैत्री संघ हेकुली उपशाखाका अध्यक्ष बंशीकुमार शर्माले नेपाल भारतको संम्वन्धको वारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बोल्दै शर्माले नेपाल र भारतबीचको परापूर्वकालदेखिको मैत्री सम्बन्धलाई समय सापेक्ष रुपमा सुदृढ बनाउनुपर्ने बताउनुभयो । साथै दुबै देशका जनताबीच सुसम्बन्ध स्थापना गर्दै सामाजिक आर्थिक विकाशका विविध क्षेत्रमा परम्पर सहयोग र सद्भावलाई मूर्त रुप दिने, दिलाउने कार्यमा गर्नुपर्ने भन्दै सम्पूर्णमा शुभकामना दिनुभयो ।


त्यसै गरी कार्यक्रममा नेपाल भारत मैत्री संघ दाङ शाखाकाकि जिल्ला सदस्य विष्णु थापा , बिन्दु गिरि , हेकुली उपशाखाका कोषाध्यक्ष नारायण आचार्य, सदस्य माधव वली समाजसेवी तथा विद्यालयका पुर्व शिक्षक ठाकुर रोका बिद्यालयका प्रधानअध्यापक टिकाराम खनाल लगायतकाले शुभकामना दिनु भएको थियो ।


कार्यक्रममा बिद्यालयका शिक्षिका शिक्षक अभिभावक लगाएतको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य शिसिर लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यमप्रसाद भुसालले गर्नु भएको थियो

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस