गिद्ध संरक्षणका लागि मन्त्रालय र सरोकारवालाबिच समन्वय बैठक

दाङ। गिद्ध संरक्षणका लागि लुम्बिनी प्रदेश सरकार अन्तर्गतका प्रमुख मन्त्रालय तथा सरोकारवालाहरु बिच समन्वय बैठक सम्पन्न भएको छ । नेपाल पंक्षी संरक्षण संघ र गिद्ध संरक्षण राष्ट्रिय सन्जालको संयुक्त आयोजनामा बिहीबार देउखुरीमा सम्पन्न भएको हो।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षता तथा लुम्बिनी प्रदेश बन मन्त्रालयका सचिव मोहन राज काफ्लेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि काफ्लेले गिद्ध संरक्षणका लागि नतोकेता पनि पंक्षी संरक्षणका लागि ३५ लाख बजेट छुट्याएको बताए। स्थानीय सरकार, डिभिजन वन कार्यालय र वन मन्त्रालय मिलेर पंक्षी संरक्षणमा लागि काम गर्नुपर्ने बताए । त्यस्तै उनले पाल्पामा रहेको गिद्ध रेष्टुरेन्टलाई पर्यटकसँग जोड्ने प्रयास गरिरहेको बताए । साथै लुम्बिनी प्रदेश भित्र रहेका गिद्ध रेस्टुरेन्टहरूलाई व्यवस्थित गर्नुपर्ने उनले बताए। अन्य पर्देशभन्दा लुम्बिनी प्रदेशमा गिद्धका सबैभन्दा धेरै खोरहरू रहेको बताउँदै त्यसप्रति खुसी व्यक्त गरे।

उक्त अबसरमा बिसिएनका भुपाल नेपाली र बन मन्त्रलय महाशाखा प्रमुख प्रभात सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा कृषि भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा हरिनारायण प्रशाद थारु, फेकोफन दाङका अध्यक्ष हरि प्रसाद भुषाल, डिभिजन वन कार्यालय लमहीका वरिष्ठ फरेष्टी चिरन्जिबि खनालले मन्तब्य राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले मन्त्रालयले बजेट बनाउदा गिद्ध भनेर तोक्नु पर्ने, बन्यजन्तु एम्बुलेन्स, डाक्टर राख्नु पर्ने, गिद्ध संरक्षणबारे जनचेतना फैलाउनु पर्ने बताएका थिए।

कार्यक्रमको संचालन सामुदायिक बन नर्तीका जिबराज खनालले गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस