घुस्राका फाटमा लहलह तोरी ( हेर्नुस् पूरा भिडियो )

सौडियार(दाङ) । ‘तपाइ ठिक दुइ साता पहिले आइदिएको भए यहांको फांटमा ढकमक्क तोरी फुलेको हुन्थ्यो, यसमा तपाइ टिकटक सुट्रि गर्न सक्नुहुन्थ्यो, रिल बनाउन सक्नुहुन्थ्यो, खयर अहिले तपाइ देख्दै हुनुहुन्छ लहलह तोरी’ आफ्नो तोरी वारीमा स्वागत गर्दै घोराही उपमहानगरपालिका—७ घुस्राकि किसान सावित्रा शर्माले भनिन् । अहिले घुस्राको कम्तिमा ५८ विगाहा फांटमा लहलह तोरी फलेको छ ।

करीव एक दशकसम्म घुस्राबासीले एक कट्ठामा पनि तोरी खेती गर्दैनथे । कसैले साग खान तोरीको विउ खोजेपनि गाउमा पाउन मस्कील हुन्थ्यो । तर क्रमश एक पछि अर्को गर्दै घुस्रामा तोरीवाली फस्टाउन थालेको छ । यो बर्षदेखि त घुस्राबासीले एउटा कृषक समुह बनाएरै तोरी खेतीमा सवैलाइ जोड्न थालेका छन् । यो समुहको नाम घुस्रा वहुदेश्यिय कृषक समुह राखेका छन् । संभवतः समुहको नेतृत्वमा महिलाहरुकै वाहुल्यता देखिन्छ, सदस्यहरु पनि महिलानै धेरै छन् । समुह बनाएसंगै उनीहरु यो बर्ष कृषि ज्ञानकेन्द्र संग पनि जोडिए । कृषि ज्ञान केन्द्रले उनीहरुलाइ अनुदानमा ३ सय केजि उन्नती जातको स्थानिय तोरीको विउ उपलव्ध गरायो । अनि सवैले त्यहि विउ छरेर यो बर्ष भने उनीहरुले विउ उत्पादनको तयारी गरेका छन् ।

‘तेलका लागी मात्र होइन, हामीले त यसपाली माउ विउ उत्पादनकै लागी तोरी खेती थालेका छौं, ताकि घुस्रा तोरी विउ उत्पादन जोन बन्न सकोस्’, समुहकि सचिव सारदा भण्डारी आचार्यले भनिन् । विसं २०७६ शालमा खुलेको समुहको उदेश्य भनेकै कृषिमा गाउलाइ आत्मनिर्भर बनाउदै निर्यातमुखि कृषिको सुरुआत गर्नु हो । समुहलाइ उन्नती जातको विउ मात्र होइन कृषि ज्ञान केन्द्रले विउ राख्ने सिड विन ४ वटा, इलेक्ट्रिक कांटा २ वटा, तोरी वालीमा विषादि छर्कनकालागी स्प्रे ट्यांकी ८ वटा तथा तोरी दाउनकालागी १४ थान त्रिपाल समेत उपलव्ध गराएको छ । यो संगै तोरी उम्रेदेखि स्याहार्दा सम्मकालागी प्राविधिक परामर्श दिनुका साथै समुहमा आवद्ध किसानहरुलाइ कृषि प्राविधिक तालिम समेत दिएपछि घुस्राबासी तोरी विउ जोन बनाउन हौसिएका हुन् ।

कृषिले दिएको विउ समुहमा आवद्ध ५८ जना किसानहरुले जग्गाको क्षेत्रफलका आधारमा बांडे । विषादि छर्ने ट्यांकी पालैपालो प्रयोगमा ल्याए अनि तौल मेसीन र त्रिपाल पनि पालैपालो प्रयोग गर्ने तयारीमा छन् । घोराही—७ सौडियार घुस्राकै विष्णा पाण्डेले यो बर्ष ६ कठ्ठा जग्गामा तोरी खेती गरेकि छिन् । ‘गत शाल भन्दा विउ फेरेपछि यो बर्ष तोरी धेरै राम्रो फलेको छ, कति फल्छ त्यो त स्याहारेपछि मात्रै भनौंला’, विष्णाले भनिन् । उनको अनुमानमा यो बर्ष उनले कम्तिमा तीन मुरी तोरी फलाउने छिन् । सवै तोरी ग्रेडिङ गरेर विक्रि गर्ने उनको चाहना छ । त्यो गाउमा सवैभन्दा धेरै जग्गामा तोरी खेती गर्ने मान वहादुर चौधरी हुन् । उनका खेतमा पनि लहलह तोरी लत्रेको छ । करीव ६ विगाहा जग्गामा उनले तोरी रोपेका छन् । नयां विउ रोपेपछि निकै राम्रो उत्पादन हुने लक्षण देखिएको मानवहादुरले बताए ।

घुस्रामा तोरी खेती यति राम्रो हुन्छ भन्ने विश्वास गाउमा वोरिङ गाडिएपछि मात्रै हो । केहि बर्ष मात्र पहिले भुः तथा जलाधार संरक्षण कार्यालयले गाउमा डिप वोरीङ गाडिदिएपछि त्यसबाट ६ इन्चको पाइपभरी पानी वाह्रै महिना आउने गरेको छ । गाउलेले घण्टाको एक सय रुपैया तिरेर वालीमा पानी लयाउन पाएको गाउका अगुवा रोवर वहादुर केसीले भने । ‘यो गाउमा तोरी फल्छ कि भनेर सुरुमा मैले तोरी खेती सुरु गरें, अव विस्तारै घुस्राका फांट लहलह तोरीले भरिएको छ’, केसीले भने । गाउमा वाह्रै मास सिचाइ सुविधा संगै वाझा खेतमा लहलह तोरी धान र तरकारी फल्न थालेपछि वैदेशिक रोजगारीमा गएका माधव शर्मा पनि खेतीपातीलाइ व्यवसायीक बनाउन भर्खरै गाउ फर्केका छन् । ‘हामी गाउलाइनै कृषिमा आत्मनिर्भर बनाउन चाहन्छौं’ माधवले भने । माधव गोराथोकि पनि पछिल्लो समय व्यवसायी कृषिमा जोडिएका छन् ।

अव घुस्राका खेतवारी वाह्रै महिना व्यस्त हुने छन् । फागुन पहिलो साता तोरी स्याहारी सकेपछि उनीहरुले मकै रोप्ने छन् । जेठ महिनामा मकै तयार भएपछि फेरी बर्षातको मौसममा धानखेती पनि गर्ने छन् । कसैले मकै नरोपेर वेमौसमी तरकारी खेती पनि गर्ने योजना बनाएका छन् । ‘हामी घुस्रालाइ वेमौसमी तरकारी खेतीको हव बनाउन पनि चाहेका छौं, यसकालागी समयमा मल विउ लगायत उत्पादनको बजारीकरणमा सरकारले सहजीकरण गरोस भन्ने हाम्रो चाहना छ’, मान वहादुर चौधरीले भने । उनीहरुले घोराही उपमहानगरपालिकाबाट पनि हाइबृड तरकारी विउ लगायतमा अनुदानको पनि अपेक्षा गरेका छन् । तर यति ठुलो तरकारी पकेट क्षेत्रलाइ उपमहानगरपालिकाले खासै वास्ता नगरेको पनि उनीहरुको सानो दुखेसो छ । ‘हाम्रो सवैभन्दा नदिकको सरकार भनेकै स्थानिय सरकार हो, त्यसैले हामीले आशा पनि यहि सरकारबाट गरेका छौं’, चौधरीले भने । त्यसो त घुस्राबासीले यहि फांटमा अघिल्लो बर्ष पनि वेमौसमी तरकारी खेती गरेको बताएका छन् । फागुन देखि जेठ महिना सम्म उनीहरुले लौका, वोडि, तिति करेला, भिण्डि लगायतका वेमौसमी तरकारी प्रसस्त फलाएको पनि बताए । तर बजारीकरणको समस्या र विचौलियाको हस्तक्षेपका कारण उनीहरुले श्रमको मुल्य समेत पाउन नसकेको गुनासो गरे । यसैले पनि स्थानिय सरकारसंग उनीहरुले बजारीकरणको व्यवस्थापनको बढि अपेक्षा गरेका हुन् ।

नयां जातको तोरी खेती सुरु गरेको समुहले यो बर्ष सवैभन्दा राम्रो तोरी फलाउने समुहमा आवद्ध किसानलाइ पनि पुरस्कृत गर्ने समुहका अध्यक्ष सावित्राले बताइन् । उतकृष्ट कृषक छनौट गर्न कृषि ज्ञान केन्द्र तथा उपमहानगरपालिकाको कृषि शाखालाइ समेत उनीहरुले निम्तो दिएका छन् । त्यसैगरी उनीहरुले उत्पादन गरेको तोरी विउकालागी उपयुक्त छ छैन भनेर नमुना संकलन गर्न कृषि ज्ञान केन्द्रको प्राविधिक टोलि पनि मंगलवार दिउसो वारीमै पुगेको छ । ‘हामी दाङ जिल्लालाइ तोरी विउ उत्पादन पकेट क्षेत्र बनाउन चाहन्छौं, कहांको विउ सवैभन्दा बढि उपयुक्त हुन्छ भनेर नमुना शंकलन गर्न यहांसम्म आइपुगेका छौं’ कृषि ज्ञानकेन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामीछानेले भने । कृषि ज्ञान केन्द्रले दाङलाइ तोरी विउ उत्पादन क्षेत्र बनाउन यो आर्थिक बर्ष जिल्लाका विभिन्न ३ स्थानमा सघन विशेष वाली कार्यक्रम सन्चालन गरेको छ । कार्यक्रम घोराही उपमहानगरपालिका ७ घुस्रा तथा शान्तिनगर गाउपालिकाको १ र ३ नंवर वडामा नमुना खेती सुरु गरिएको पनि कार्यालयले जनाएको छ ।

हेर्नुस् पूरा भिडियो …

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस