
तुलसीपुर । दाङ जिल्लामा वहुशंख्यक जनशंख्या रहेको थारु समुदायको महान पर्व माघि जारी रहेकै वेला तुलसीपुरस्थीत गोरखा माध्यमिक विद्यालयका विद्यार्थिहरु थारु संस्कृति सिक्न थारु बस्तीमै पुगेका छन् ।
सो विद्यालयको व्यावस्थापन संकाय अन्तर्गत कक्षा १२ मा अध्ययन गर्ने कम्तिमा २ सय भन्दा विद्यार्थिहरु थारु समुदायको महान पर्व माघिकै अवसर पारेर तुलसीपुर उपमहानगरपालिका—७ पर्सेनी बुढागाउ बस्ती पुगेका हुन् । थारु बस्तीमा थारु अगुवाहरुकै सहभागितामा ती विद्यार्थिहरुले थारु समुदायको धार्मिक संस्कार, थारु समुदायमा प्रयोग गरीने अर्गानिक परीकार निर्माण, भान्सामा प्रयोग गरीने दुना टपरी खुट्ने देखि थारु समुदायका संस्कृति झल्कने विभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत अवलोकन गरेका छन् ।

सामाजिक अध्ययन एवं जिवनउपयोगी शिक्षा कार्यक्रम अन्तर्गत आन्तरीक मुल्यांकन क्रियाकलापको काम गर्न ती विद्यार्थिहरुलाइ यहां ल्याइएको सो विद्यालयका व्यवस्थापन संकाय प्रमुख डम्वर डांगिले बताएका छन् । जुन प्रयोगात्मक कक्षा २५ पुर्णाङ्कको हुने पनि संकाय प्रमुख डांगिले बताएका छन् । सो विषयको सांस्कृतिक पहिचान शिर्षक अन्गर्तत थारु समुदायको माघि पुनरावलोकन गर्न सो कक्षाका महिला र पुरुष विद्यार्थिहरु गरी २ सय ६ जना विद्यार्थिहरुको सहभागिता रहेको छ । बुढागाउ बस्तीमा उनीहरुलाइ स्थानिय थारु समुदायका महिलाहरुले ढिक्रि बनाउन पिठो मुछ्ने देखि ढिक्रि बनाउने, गन्जी तरुलका परीकार तयार गर्ने, घोघिका परीकार बनाउने, अचार बनाउने, सिद्राको अचार बनाउने तथा यी सवै खानकालागी प्रयोग गरीने पातका दुना टपरी खुट्ने सम्मका अभ्यासमा सघाएका देखिन्थे ।

यसैबीच आन्तरीक मुल्यांकन क्रियाकलापकै अवसर पारेर त्यहां उपस्थीत विद्यार्थिहरु तथा गोरखा मावि परीवारले एक औपचारीक शुभकामना आदान प्रदान कार्यक्रमको पनि आयोजना गरेको थियो । गोरखा मावि तुलसीपुरका एकेडेमिक कोअर्डिनेटर दुर्गा केसीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका—७ का वडाध्यक्ष राम वहादुर जिसीले विविध जातिय संस्कृतिको आदान प्रदान एवं संस्कृति र परम्पराको व्यवहारीरिक अभ्यास गराउन गोरखा माविले आफ्ना विद्यार्थिहरुलाइ थारु बस्ती सम्म ल्याएकोमा हार्दिक आभार व्यक्त गरे । साथै यो कार्यक्रमले विद्यार्थिहरुलाइ थारु समुदायको संपुर्ण संस्कृति बुझ्न पनि भरपुर सहयोग गर्ने पनि अपेक्षा गरेका छन् । साथै थारु समुदायमा विद्यमान रहेको अर्गानिक आहार विहारले हरेक मानिसलाइ स्वस्थ र निरोगी बनाउने भएकाले यसलाइ अन्य समुदायले पनि अनुशरण गर्न पनि सुझाव दिए ।

गोरखा माविका विज्ञान संकाय संयोजक विष्णु भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मावि कालाखोलाका प्रधानाध्यापक राजिव ओझा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरी, विद्यार्थिहरुबाट कक्षा १२ मा अध्ययनरत छात्रा पुष्पा केसी, सोभित बस्नेत र सन्तोष खड्काले थारु समुदायको संस्कृतिका विषयमा जिज्ञासा एवं जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण गोरखा माविका व्यवस्थापन संकाय प्रमुख डम्वर डांगीले गरेका थिए ।
( पुरा भिडियो सहित)