छिल्लीकोट । गोरखा मा.बि.तुलसिपुरका २०८०/०८१ ब्याच ब्यबस्थापन संकायका कक्षा ११ र १२ का बिधार्थिहरुले आफ्नो दैनिक खाजाखर्च कटायर जम्मा गरेको पैसाले तुलसिपुर उप–महानगरपालिका अन्तरगत पर्ने वार्ड नं १९ छिल्लिकोटको कालिका मालिका मन्दिरमा आउने तिर्थालु भक्तजन र पर्यटकका लागी खानेपनी ट्याङ्की निर्माण गरेका छन ।
शनिवार उक्त टंकी बिधिवत हस्तान्तरण भएको थियो ।

गोरखा ग्रुपका अध्यक्ष विष्णु घर्तिको सभापतित्व एबम् तुलसीपुर उपमहानगर वडा नं. १९ का वडाध्यक्ष प्रेमनाथ योगीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष परबिर पुन, मन्दिरका पुजारी दामोदर शर्मा , गोरखा ग्रुपका एकाडमिक डारेक्टर दुर्गा केसि, बिजौरी उधोग वाणिज्य संघका सदस्य चुडामनी रावत, गोरखा मोडेल कलेजका क्यामपस प्रमुख पुर्ण बिक्रम डांगि, बिधार्थिको तर्फबाट सोबित बस्नेत लगाएतकाले वोलेका थिए।कार्यक्रमको सहजिकरण गोरखा मा.बि. तुलसिपुरका ब्यबस्थापन संकाय संयोजक डम्बर डांगिले गरेका थिए ।


