महायज्ञ महालक्ष्मी साधना सुरु

महायज्ञ महालक्ष्मी साधना तथा सवा करोड दीप प्रज्वलन विशेष अनुष्ठान कैलालीको टिकापुरमा सुरु भएको छ । विरलै गरिने महायज्ञ महालक्ष्मी साधना मंसीर २१ देखी २६ गते सम्म सञ्चालन हुने छ। अनन्त परम् उद्दारकर्ता संकटमोचन स्वरुप तत्वदशी श्रद्धेय सद्गुरुदेव श्री मदन बाबाद्वारा मुल संकल्प गरिएको १६ वटा कोटीहोम महायज्ञ मध्येको प्रथम महालक्ष्मी महायज्ञ महालक्ष्मी साधना तथा सवा करोड दीप प्रज्वलन विशेष अनुष्ठान कैलालीको टिकापुर स्थित सिटी हल परिसरमा शुभारम्भ भएको छ ।

सद्गुरुदेव श्री मदन बाबा ज्युको परम्–सानिध्यतामा शुभारम्भ गरिएको अनुष्ठानको शुभारम्भमा पन्चे बाजा सहित टिकापुर नगरिमा कलश शोभा यात्रा परिक्रमा गरियो । उक्त महालक्ष्मी महायज्ञ, महालक्ष्मी साधना विश्वकै पहिलो महालक्ष्मी साधना भएको सद्गुरुदेव श्री मदन बाबा ज्युले जानकारी गराउनु भएको छ । वहाका अनुसार यस अघि शिव साधना हुदै आएको तर आदिशक्ति स्वरुपम् महालक्ष्मी माताको साधना नेपालको परिपेक्षमा पनि नौलो र पहिलो भएको हो ।

श्री मदन बाबा भक्ति केन्द्र केन्द्रीय समिति काठमाण्डौको आयोजनामा सुरु गरिएको महालक्ष्मी साधनामा नेपालका विभिन्न जिल्लाबाट साधक साधिका आएका छन् । हिन्दु सनातन धर्मको संरक्षण र हाम्रा सन्तानलाई सुसंस्कार दिनका निम्ति र सत्मार्ग बिर्सिएर भौतारिरहेकालाई सत्मार्गमा ल्याउनका निम्ति सद्गुरुदेव श्री मदन बाबा ज्युद्वारा यस महायज्ञको शुरुवात गर्नु सर्हानिय भएको अनुष्ठानमा उपस्थित माननिय मन्त्री, सांसद तथा समाजसेवीहरुले आफ्नो मन्तव्यमा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस