मिडिया नेपालले पत्रकार महासंघको निर्वाचन बहिस्कार गर्ने


काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट मिडिया नेपालले नेपाल पत्रकार महासंघको निर्वाचन बहिष्कार गरेको छ ।

शुक्रबार मिडिया नेपालका अध्यक्ष गोपाल प्रसाद पौड्यालले एक विज्ञप्ति जारी गर्दै माहासंघको चुनाव बहिस्कार र विरोध गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले आसन्न मंसिर २८ गते निर्वाचन सम्पन्न गर्ने गरि सार्वजनिक गरेको सदस्यता नामावली प्रति मिडिया नेपालको गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्तीमा छ ।

महासंघले यसको इतिहास गरिमा र आदर्शको धब्जी उडाउदै सदस्यता सुदिकरणको नाममा दलिय सिण्डिकेटको आधारमा सदस्यता वितरण गरेको सर्वबिदितै छ । क्रियाशिल पत्रकारलाई सदस्यताबाट बन्चीत गर्ने मनशायले पटक पटक सदस्यता सुदिकरण अभियान चलाई योजनाबद्ध ढंगले हटाउने वा नविकरण नगर्ने गरेको छ ।

महासंघको ईतिहासलाई मेटनेगरि हुन गैइरहेको निर्वाचन हाम्रो संगठनलाई स्विाकरे छैन तसर्थ निर्वाचनका सवै कार्यक्रमहरु बहिस्कार गर्दछौ । आफ्नो पेसा नै पत्रकारितामा बनाएका साथीहरू बाहिर बसेर कहिल्यै पत्रकारितामा नदेखिएको हालीमुहाली रहेको महासंघको निर्वाचनमा मिडिया नेपालले भाग नलिने र बहिष्कार गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘यो पत्रकारको निर्वाचन होइन पार्टीको भातृ संगठनको निर्वाचन हो र यस्तो निर्वाचन र मतदानमा सहभागी नहुन र मतदान समेत नगर्न सक्रिय पत्रकारहरूलाई आव्हान पनि गर्दछौँ ।’सदस्यता सुदृढीकरणको नाममा क्रियाशील पत्रकारहरूलाई सदस्य बन्नबाट वञ्चित गरेर पार्टीका भातृ संगठनका कार्यकर्ता भर्ती गरेर लागेको निर्वाचन गर्न लागिएको भन्दै मिडिया नेपाल आपत्ति जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस