काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेको हो ।
आज सुन तोलाको १ लाख ५० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा ३० रूपैयाँले बढेर १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार