तुलसिपुर । घोराहीबाट तुलसीपुर जादै गरेको बस दूर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
रा १ ख १३८२ नम्बरको बस घोराही–तुलसीपुर सड़क अन्तर्गत तुलसिपुर १८ बिजौरीको डाँडागाउँ नेर दूर्घटना हुँदा बसमा सवार १८ जना यात्रु घाइते भएको प्रहरी चौकी हेमन्तपुरले बताएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार


