घोराही । दाङ देउखुरी ईट्टा उद्योग व्यवसायी संघलाई जोडेर केहि निहित स्वार्थ बोकेका व्यावसायीले संघको सक्रियता र एकतामा खलवल पार्ने कुत्सीत मनसायका साथ परिचालीत ढङ्गले संघ माथि गैर जिम्मेवार आरोप लगाएको घटना प्रति संघको तर्फवाट घोर भ्रत्सना गर्दछौं । संघका अध्यक्ष रोम ओलिद्वारा जारी बिज्ञय्ति भनिएको छ ।

मुलुकको आर्थिक अवस्था धरासायीभै रहेको अवस्थामा विस्थापीत भै रहेका ईट्टा व्यवसायी लाई जोगाउने दायीत्व निर्वाह गर्नुको साटो दायीत्ववाट पन्छिएर अत्यन्तै एकाङ्गी र मनोगत भावनावाट प्रेरितभै अनर्गल दुस्प्रचार गरेर आरोप लगाउने काम प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ ।
यस्ता झुठ्ठा, कपोलकल्पीत भ्रामक कुरामा विश्वास नगरि पुर्ववत आफ्नो कारोवा ब्यवसायलाई अघी बढाउँदै एकतावद्व भएर संघ मार्फत अघि वढ्न र कुनैपनि भ्रममा नपर्न आम व्यवसायी साथिहरुलाई आग्रह गर्दछौ । बिज्ञय्ति भनिएको छ ।


