काठमाडौं । आज (बिहीबार) मन्त्रिपरिषद् बैठक बस्दै छ । अपराह्न ४ बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
साथै बैठकमा मन्त्रालयगत नियमित मुद्दामा पनि छलफल हुने बताइएको छ । यस्तै मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका विषयमा समेत बैठकमा छलफल हुनेछ ।
यसअघि आइतबार पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएपछि सोमबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।
यसैगरी मंगलबार बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण स्थगित भएको थियो ।
प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार


