किवानिज क्लव लर्डबुद्धको पद हस्तान्तरण, प्रेसिडेन्टमा रजौरे र प्रेसिडेन्ट एलेक्टमा बस्नेत

तुलसीपुर । किवानिज क्लव अफ लर्डबुद्धको बर्ष २०२४/०२५ को पद हस्तान्तरण कार्यक्रम भब्यता साथ सम्पन्न भएको छ ।

दाङको तुलसीपुरमा सम्पन्न कार्यक्रमबाट प्रेसिडेन्टमा नारायणी रजौरे र प्रेसिडेन्ट एलेक्टमा दामोदर बस्नेत (राकेश ) चयन भएका छ्न भने अन्य पदाधिकारी र सदस्यहरुलाई पनि पदभार गरिएको छ । वर्ष २०२४÷२५ का निवर्तमान प्रेसिडेन्ट बंशीकुमार शर्माले पदभार ग्रहण गराएका थिए ।


किवानिज क्लवका चाटर प्रिजिडेन्ट बंशीकुमार शर्माको अध्यक्षतामा तुलसीपुर शान्तिपार्क गणेशपुरमा सम्पन्न पदभार हस्तान्तरण कार्यक्रममा शर्माले क्लवको माईन्यूट बुक र जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।


कार्यक्रममा उपस्थित पत्रकारहरुको तर्फवाट नेपाल पत्रकार महासंघ दाङ शाखाकी सह सचिव दिप्तीशीखा चौधरीले शुभकामना दिएकी थिईन । नारायणी रजौरेको शुभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव दामोदर बस्नेत राकेशले गरेका थिए ।


वर्ष २०२४/२५ का लागि प्रेसिडेन्टमा नारायणी रजौरे , प्रेसिडेन्ट एलेक्ट दामोदर बस्नेत राकेश , सेक्रेटरी प्रेम बिवस घर्ति , भाइस् सेक्रेटरी बिमल गौतम , ट्रेजर शुसिला शाह र भाइस् ट्रेजरमा लक्ष्मण केसी चयन भएका छन ।


त्यसैगरी मेम्वरहरुमा पदम ओली क्षेत्री , खम बुढा , चुडामणी न्यौपाने , रणेन्द्र बिक्रम केसी , ध्रुवराज न्यौपाने , दिपजंग केसी , हरिभक्त डागी, चुर्ण ओली , ललित पोख्रेल , छवि बस्नेत चयन भएका छन् ।


कार्यक्रममा पत्रकार समाजसेवीहरुको उपस्थिति रहेको थियो । विश्वभरीका बालबालिकाको सेवा गर्ने उद्देश्यले स्थापना भएको किवानिज क्लवले बालवालिकका क्षेत्रमा कार्य गर्दै आएको छ ।


समाजमा निःस्वार्थ समाज सेवा गर्ने’ उदेश्यले दाङ तुलसीपुरमा स्थापना भएको किवानिज लर्डबुद्धले समाज र समुदायमा रहेका विपन्न बालबालिकाको क्षमता अभिबृद्धि र स्वास्थ्यमा काम गर्दै आएको किवानीज चाटर प्रिजिडेन्ट बंशीकुमार शर्माले जानकारी गराए । उनले उक्त सेवामुलक कार्य गर्दा आत्मसन्तुष्टि र खुसी मिल्ने बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस