सुनको मूल्य तोलामै २४ सय घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । मंगलबार पनि सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । आज सुन प्रतितोला २४ सय र चाँदी प्रतितोला ३० रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेर प्रतितोला १ लाख ६२ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ९ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि नेपालमा सुनको मूल्य तोलाको एक लाख ७१ हजारसम्म पुगेको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस