शिक्षण पेशा छाडि एभोकाडो खेतिमा रमाउदै रोका

विजौरी । एभोकाडो खेतिबाट दाङ पेरेणीका किशान ठाकुर रोकाले मनग्ये आम्दानी गर्न थालेका छन । उनले एभोकाडोका फल र बिरुवा बेचेर मनग्ये आम्दानी गर्न थालेका हुन । पोल्टीकल साईन्स लिएर एमए गरेका रोका शिक्षण पेशा छोडेर फलफुल खेतीमा लागेका हुन । उनि राजनितीमा पनि उतिकै सक्रिय छन् ।

राजनितीलाई समाजसेवाको रुपामा लिनु पर्ने उनको धारणा छ । सधै नयाँ काम गर्न रुचाउने रोकाले दाङमा नया फल एभोकाडो खेती सुरु गरेका हुन । एभोगाडोलाई नेपालीमा घिउ फल (Butter Fruit) भनिन्छ ।

समुन्द्र सतहबाट २५०० मिटर सम्म उष्ण प्रदेशीय हावापानी भएको स्थानमा यो खेती गर्न सकिन्छ । रोकाका अनुसार एभोकाडोमा स्वस्थ्यका लागि आवश्यक फ्याट र कार्बोहाइड्रेट पर्याप्त मात्रामा हुने भएकाले यो खानुका थुप्रै फाइदा छन् । उनले घोराही उपमहानगर पालिका वडा न ११ पेरेनीमा करिव एक बिघा जग्गामा व्यावसायिक रुपले एभोगाडो खेती सूरु गरेका छन।

एभोकाडोको खेती पाखोबारी, कान्ला र खोला छेउमा समेत गर्न सकिने भएकोले आफनो जग्गामा खेती गरेको उनले बताए । रोकाले बिरुवा हुर्काइरहेका छन् । एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको ३ देखि ५ वर्षमा फल दिन शुरू गर्ने यसको एकै बोटमै १ हजार किलो (१ सयदेखि ५ सयओटा फल) सम्म फल्न सक्छ रोकाले भने ।

विज्ञका अनुसार, एउटा एभोकाडोमा ६४ क्यालोरी हुन्छ । यसमा छ ग्राम चिल्लो, तीनरचार ग्राम कार्बोहाइड्रेट, एक ग्रामभन्दा कम चिनी र तीन ग्राम फाइवर हुने गरेको छ । एभोकाडोमा भिटामिन ‘सी, ई, के, बी’ पाइने जनाइएको छ । राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ ।

उनका अनुसार बालुवा र कम्पोस्ट मल मिसाई खाडलमा बिरुवालाई सार्नु पर्दछ । बिरुवा सार्दा १० मिटरसम्मको दुरीमा रोप्नु पर्दछ । रोपेको समयम दिनको एकपटक पानी दिनु पर्छ, बिरुवा हुर्कि सकेपछी हप्ताको एक पटक पानी दिए हुन्छ, बिरुवा रोपेको तल तरकारी वा कोशे बालि रोप्दा माटोको उर्बरा शक्ति बढ्ने र थप उब्जनी समेत लिन सकिन्छ । श्रावन देखि कार्तिक मंगसिरसम्म टिपिने यो फल को मुख्य सिजन भने भाद्र– असोज हो ।

एभोकाडो बिदेशमा प्रती केजी १००० पर्छ भने, नेपालमा एभोकाडो ३०० देखी ५०० प्रती केजी सम्म गुणस्तर अनुसार पर्छ, होलसेलमा ठाउँ हेरेर १०० देखी २८० सम्म बिक्रि गरेको उनले बताएका छन् । उनका अनुसार एभोकाडो नियमित खाँदा क्यान्सरको उपचार गर्दा गरिने केमो थेरापीको साइड इफेक्टलाई न्युन गराउन मद्दत गर्छ । प्रोस्टेट क्यान्सरबाट बचाउने हुनाले पुरुषहरुले दैनिक एभोकाडो खाने गर्नुपर्छ । तौल नियन्त्रण गराउन प्रभावशाली सावित भएको छ । साथै एभोकाडोमा प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने र उच्च रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीका लागि अति नै लाभदायक फलको रूपमा लिइन्छ ।

आफनो नर्सरीमा उत्पादन भएका बिरुवा देशका विभिन्न जिल्लामा जाने गरेका छन् उनको भनाई थियो । एभोकाडोको मुख्य समस्या भण्डारण हो । एक बोट एभोकाडोले वार्षिक २०० किलोसम्म फल दिन्छ । एभोकाडो एकै पटक टिप्ने वेला हुन्छ। बेलैमा टिपिएन भने अर्को वर्ष बोटमा फलै लाग्दैन। एभोकाडोको मुख्य समस्या यही हो। यो समस्या किन मुख्य बन्यो भने, एभोकाडोलाई भण्डारण गरेर राख्न सकिंदैन। नेपाली बजारमा सिजनमा प्रतिकिलो रु.१०० मा पाइने एभोकाडो चैततिर रु.४०० पर्छ।

यो समस्याबाट छुटकारा पाउन प्रशोधन भण्डारणको उचित व्यवस्था गर्न सके एभोकाडोबाट उच्चकोटिको बटर, क्रिम, जुस, चक्लेट, आइसक्रिम बनाएर निर्यात गर्न सकिने भएकोले राम्रो आम्दानीको श्रोत बन्ने उनको धारण छ ।

एभोकाडोमा भिटामिन र खनिजतत्व पर्याप्त मात्रामा पाइन्छ भने एभोकाडोको भित्री र बाहिरी भाग दुवै प्रयोग गर्न सकिन्छ । विज्ञका अनुसार, एउटा एभोकाडोमा ६४ क्यालोरी हुन्छ । यसमा छ ग्राम चिल्लो, तीन / चार ग्राम कार्बोहाइड्रेट, एक ग्रामभन्दा कम चिनी र तीन ग्राम फाइवर हुने गरेको छ । एभोकाडोमा भिटामिन ‘सी, ई, के, बी’ पाइने जनाइएको छ । राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ । साथै बिटाक्यारोटिन र ओमेगा–३ चिल्लो एसिड पनि यसमा पाइन्छ । एभोकाडो पूर्णरूपमा स्वास्थ्यवर्धक मानिन्छ । यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस