राप्ती अस्पताल तुलसीपुरका अनुभबि विशेषज्ञ डा. सुरेश अब स्वास्थ्य बिज्ञान प्रतिष्ठान

घोराही । राप्ती अँाखा अस्पताल तुलसीपुरमा लामो समयदेखि कार्यरत रहि अनुभब संगाल्नु भएका आखा रोग विशेषज्ञ चिकित्सक डा. सुरेश रसाईलिको पदोन्नती भएको छ ।
प्रतिष्ठानको अँाखा बिभागको एशोसियट प्रोफेसरमा रसाइलि पदोन्नती भएका हुन । रसाइलीले अँाखा अस्पतालमा थुप्रै अँाखा सम्बन्धि उपचारदेखि अप्रेसन गर्दै आएका थिए । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले डा. सुरेशले प्रतिष्ठानमा हाजिर भई छिट्टै सेवा प्रारम्भ गर्ने जानकारी दिए । अब र प्रतिष्ठानमा अँाखाको उपचारदेखि अप्रेसन सेवा र शैक्षिक कार्यक्रम थप प्रभाबकारी हुनेछ । साथै प्रतिष्ठानले अँाखाको पढाई पनि सुरु गर्ने तयारीलाई तिब्र पारेको छ ।

तुलसीपुरमा अँाखा सम्बन्धि उपचारका लागि ३ सयदेखि ४ सय जना बिरामीले सेवा पाईरहेकोमा अब डा. रसाईलि आएसंगै प्रतिष्ठानमा पनि अँाखा सम्बन्धि सबै उपचार पाउने भएपछि यस क्षेत्रका बिरामीको उपचारमा थप सहयोग पुग्ने छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस