तुलसीपुर । किवानिज क्लब इन्टरनेशनलको एक दिवसिय कार्यक्रम अन्तर्गत आज दाङको तुलसीपुरमा सम्पन्न भएको छ ।
डिभिजन ५ को आयोजनामा एक दिवसिय कार्यक्रम भएको हो । डिभिजन ५का एलटि गर्भनर भुपाल रावतको अध्यक्षतामा भएको कार्यक्रमा दाङ तुलसीपुरका एक दर्जन क्लव सहभागी थिए ।
एभरेष्ट क्लवकि अध्यक्ष शुस्मा गिरी लामिछानेको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमा वोल्ने ब्यक्ताहरुले वालबालिकाको शिक्षा , स्वास्थ्यको वारेमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा आ आफना धारणा राखेका थिए । त्यसै गरि विश्वमा रहेका वालवालीकाको भविस्य सुनिश्चिताकोलागी किवानिज क्लवले पुराको योगदानको वारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा शैलेन्द्र कुमार ओली , यज्ञ बहादुर बिक , भिम बिक , बिमल पौडयाल , बिन्दु अधिकारी , डिल्ली डागी , नवराज रेग्मी, हरिभक्त डागी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
किवानिज क्ल्ब लुम्बिनी प्रदेशका गभर्नर भुपाल रावतको अध्यक्षतामा भएको कार्यक्रम किवानिज क्लब डिभिजन ५का सचिव अध्यक्ष वंशिकुमार शर्माले गरेको किवानिज क्ल्ब अफ लर्ड बुद्धका दामोदर बस्नेतले जानकारी दिए ।


