पेट्रोल र डिजेलको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?

काठमाडौ । पेट्रोल र डिजेलको मूल्य बढेको छ।
इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्य बढेर आए अनुसार नेपाल आयल निगम संचालक समितिको आज बसेको बैठकले पेट्रोलमा  प्रतिलिटर १ र डिजेलमा प्रतिलिटर ४ रुपैया मुल्य बढाएको छ ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस