दाङ । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिज इन्टरनेशनल डिभिजन ५ अन्तर्गतका दाङका छ वटा क्लबको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
किवानिज क्लव अफ डाईनामिक , एभरेष्ट , ववइ , फेन्टासिटिक , रोज र भिजन नेपाल गरि ६ वटा क्लवहरुको प्रमाणपत्र वितरण भएको हो । विभिन्न क्षेत्रको व्यक्तिहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरिे प्रमाणपत्र वितरण गरिएको हो । आज २ गते ववइ गाउपालिकाको सभाहलमा कार्यक्रम भएको हो ।
डिभिजन ५ का अध्यक्ष भुपाल रावतको अध्यक्षता तथा किवानिज ईन्टरनेशनलका बोर्ड डाइरेक्टर श्री मोहन लम्सालको प्रमुख आतिथ्य एवम ववइ गाउपालिकाका अध्यक्ष कुल बहादुर खत्रीको विशिष्ठ आथित्यमा कार्यक्रम भएको हो ।
किवानिज ईन्टरनेशनल नेपाल डिष्ट्रिकका गर्भनर तीर्थकुमार सिह , किवानिज ईन्टरनेशनल नेपाल डिष्ट्रिकका सचिव युवराज न्यौपाने, किवानिज ईन्टरनेशनल नेपाल डिष्ट्रिकका ट्रेजर शिव काफले डिभिजन ५ का केसिएफ दामोदर भण्डारी डिभिजन ५ का सचिव एवम लर्डबुद्धका अध्यक्ष बंशीकुमार शर्मा, लर्डबुद्ध एलेक्ट उपाध्यक्ष दामोदर वस्नेत राकेश , राप्ती क्लबका नवराज रेग्मी, मेट्रो क्लबका हेमराज डाँगी, युनिक क्लवका भिम बहादुर , लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अथिति मोहन लम्सालले ‘किवानिज क्लवले विशेष गरेर बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्ने बताएका थिए । यो काम गर्नको लागि क्लवले तत्काल तथा दिर्घकालीन योजना बनाएर अगाडि बढनु पर्ने उनको धारणा थियो । बालबालिकालाई शारीरिक, बौद्धिक, सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने सुझाव दिए । उनले सामाजिक क्षेत्रमा काम गर्ने धेरै क्लवहरु रहेको तर, किवानिजलाई अन्य भन्दा फरक बनाएर लैजानु पर्ने उनको तर्क थियो ।

त्यसैगरी अर्का अथिति गर्भनर तीर्थ कुमार शिंहले किवानिज क्लबले बालबालिकाको क्षेत्रमा सामाजिक काम गर्दै आएको छ सधै बालबालिकालाई खुसि तुल्याउनु पर्दछ । बिशिष्ठ अतिथी ववैइ गाउपालिकाका अध्यक्ष कुल बहादुर खत्रीले किवानिज इन्टरनेशनले एक शताब्दी पार गरिसकेको सामाजिक संस्था हो । ‘हामी विश्वभरका बालबालिकाको सेवा गछौ ।’ भन्ने नारा सहित क्लबले काम गरिरहेको रहेछ यसले यस क्षेत्रमा काम गरोस भन्ने शुभकामना दिए र आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे । क्लबले बालबालिकाको शिक्षा, स्वास्थ्य, नेतृत्व र वातावरणको क्षेत्रमा काम गर्ने भएकोले यस क्षेत्रमा काम गर्न हुन अनुरोध गरे ।

किवानिज ईन्टरनेशनल नेपाल डिष्ट्रिकका सचिव युवराज न्यौपाने , किवानिज ईन्टरनेशनल नेपाल डिष्ट्रिकका टे«जर शिव काफले डिभिजन ५ का केसिअफ दामोदर भण्डारी डिभिजन ५ का सचिव एवम लर्डबुद्धका अध्यक्ष बंशीकुमार शर्मा , लगायतका अतिथिहरुले बधाई तथा शुभकामना ब्यक्त गरेका थिए भने । बबइ क्लवका अध्यक्ष राम बहादुर डागीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन बबैइ क्लवका ट्रेजर प्रेम राम्जाले गरेका थिए ।



