राप्ती प्रादेशिक अस्पतालमा डाइलासिस मेसिन बिग्रिँदा सेवामा समस्या

तुलसीपुर । तुलसीपुरको बबई गाउँपालिका ७ की रेउती बिकले श्रीमानको दुबै मिर्गौैलाले काम गर्दैनन् । तर, उनलाई डाइलासिस गर्नु पर्ने भएकाले उनले घरबाट राप्ती प्रादेशिक अस्पतालमा ल्याएकी थिइन् । श्रीमानको अवस्था निकै गम्भिर रहेको थियो । तर, उनले अस्पतालमा पर्याप्त मात्रामा डाइलासिस मेसिनहरू नहुँदा डाइलासिस गर्न नपाएको गुनासो गरिन् । उनले भनिन्,‘ हाम्रो आर्थिक अवस्था निकै कमजोर रहेको छ । तर, श्रीमानका दुई वटा मिर्गौैलाले काम गर्दैनन्, उनलाई धेरै समस्या भएपछि अस्पताल ल्याए । यहाँ मेसिनहरू खाली रहेन छन् । बाहिर लैजानको लागि पैसा छैन्, । अस्पतालमा डाइलासिस मेसिन छैन्, अब कसरी बचाउने ?’ आफूले श्रीमानको अवस्थाको बारेमा अस्पतालमा जानकारी गराएको भन्दै उनले अहिले ८ वटा मेसिनले मात्र सेवा दिइरहेको र सबै बिरामीहरूको अवस्था उस्तै रहेको छ ।

सल्यान घर भइ हाल तुलसीपुर बस्दै आएका बालाराम थापाले गत मंसिर महिना देखि अस्पतालमा डाइलासिस गराउँदै आएको बताए । अहिले सम्म हप्ताको २ पटक मात्र डाइलासिस गराउँदै आएको थिए । उनलाई अब हप्तामा ३ पटक डाइलासिस गर्न चिकित्सकले भनेका छन् । अस्पतालमा मेसिनहरू बिग्रिदै गएको र सेवा लिन बिरामीहरू बढ्दै गएपछि ३ पटक सेवा लिन समस्या हुने उनको भनाइ छ । उनले अहिले अस्पतालमा भएका मेसिनहरू मध्य ६ वटा बिग्रिएका छन्, रे अब कसरी सेवा लिने समस्या भएको छ । यस्तै मेसिनहरू बिग्रिँदै गइरहेको र बिरामीहरू बढ्दै गइरहेको अवस्थामा राज्यले कि मेसिनहरू बनाउनु पर्छ, कि नयाँ मेसिनहरू थप गर्नु पर्ने समेत उनले बताए । उनले भने, ‘हामी निम्न आर्थिक भएका ब्यक्तिहरू बाहिर निजी अस्पतालमा उपचार गर्न जान सक्दैनौँ ।सरकारी अस्पतालमा आउँदा पालो नै आउँदैन, । बाँच्न नै समस्या हुने भयो ।’

अस्पतालमा रहेका १४ वटा डाइलासिस मेसिनहरू मध्य अहिले ६ वटा बिग्रिएका छन्, भने ८ वटा मेसिनहरूले मात्र काम गरेका छन् । अस्पतालमा डाइलासिस सेवा लिन अहिले ७० जनाले सेवा लिइरहेका छन्, भने ३० जना पालो कुरेर बसेका छन् । अहिले दिनमा ३ सिफ्टमा बिरामीहरूलाई सेवा दिँदै आइरहेको भएयता पनि मेसिनहरू केही महिना देखि बिग्रिँदा सेवा दिन समस्या भएको डाइलासिस वार्ड इन्चार्ज लिना भडेलले बताइन् । मेसिनहरूको कारण हप्तामा ३ पटक डाइलासिस गर्ने बिरामीहरूलाई २ पटक दिने गरेको र अहिले ३० जना बिरामीहरू पालोमा रहेको उनको भनाइ छ ।

उनका अनुसार ६ बिग्रिएका वटा मध्य ५ वटा मेसिनहरू बन्न नसक्ने र एउटा बन्न सक्ने अवस्थामा रहेका छन् । मेसिनहरू बिग्रिएपछि इन्जिनियरहरू आएर चेकजाँच गरेको र उनीहरूले ५ वटा नबन्ने बताएको उनले बताइन् । यस्तै उनले अब मेसिनहरू नबन्दा सम्म र थप नहुँदा सम्म पालोमा बसेकाहरूले सेवा पाउन गाह्रो रहेको समेत बताइन् । उनले भनिन्, ‘मिर्गौलाका बिरामीहरूले डाइलासिस बाँचुन्जेल गर्नु पर्ने हुन्छ । कि उनीहरूले मिर्गौैला प्रत्यारोपण गर्नु पर्छ, होइन भने बाँचुञ्जेल सम्म गर्नु पर्ने हुन्छ । अहिलेको मेसिनबाट उनीहरूको पाला आउने सम्भावना नै हुँदैन ।’

उनका अनुसार एउटा बिरामीले एउटा मेसिन सफा गरेर सेवा दिँदा कम्तिमा ५ घन्टा समय लाग्छ । अस्पतालमा डाइलासिस मेसिन थपका लागि प्रदेशको स्वास्थ्य मन्त्रालय माग गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताए । केहिदिन अघिमा मात्र संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तथा समाजिक सेवा विभागबाट डाइलासिस मेसिनको अवस्था र आवश्यकताको बारेमा पत्र आएको र थप ५ वटा नयाँ मेसिनको माग गरेको उनको भनाइ छ । उनका अनुसार २०७६ साल देखि २ वटा मेसिनबाट शुरु भएको डाइलासिस सेवामा अहिले १४ वटा मेसिनहरू रहेका छन् । ति मध्य अहिले ८ वटाले सेवा दिइरहेका छन् । यस्तै पहिलोको तुलनामा अहिले बिरामीहरूको चाप घटेको समेत उनले बताए । विगतमा बिरामीहरुकोे चाप धेरै थियो । पालोको लागि पनि धेरै बिरामीहरू थिए । तर, अहिले ३० जना जति रहेका छन्, भने ७० जनाले सेवा लिइरहेका छन् । उनका अनुसार अहिले अस्पतालमा भएका मेसिनहरू विभिन्न ३ कम्पनीका रहेको र कुनै कम्पनीको अलि छिट्टो बिग्रिने गरेको भनेर डाइलासिसका कर्मचारीहरुले भन्ने गरेका छन् ।

यस्तै उनले मेसिनमा सामान्य समस्या आएपनि दक्ष इञ्जिनियर नहुँदा समस्या हुने गरेको समेत बताए । उनले भने, ‘डाइलासिसका कर्मचारीहरुले मेसिनमा सामान्य समस्या आएपनि खासै थाहा हुँदैन् । उनीहरु भनेको बिरामीहरूको सेवा दिने हो । तर, मेसिनको बारेमा जानकारी हुँदैन् । अस्पतालमा दक्ष इञ्जिनियरको आवश्यकता छ । तर, हामीले यहाँका एक जना इलेक्ट्रिसियनलाई काठमाडौँ पठाएर एक महिनाको सामान्य तालिम लिन लगाएका छौँ । उनले नै सामान्य हेर्छन् । ठुलो समस्या भएमा हामीले प्रदेश मन्त्रालय र मेसिन पठाउन कम्पनीबाट इञ्जिनियर बोलाएर देखाउने गरेका छौँ ।’

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार
प्रतिक्रिया दिनुहोस