![](https://pradeshpatra.com/wp-content/uploads/2024/09/sakram-copy.jpg)
विजौरी । तुलसीपुर उपमहानगरपालिका–१९ स्थित भित्रि संक्राममा रहेको माध्यमिक विद्यालय भित्रि संक्रामको व्यवस्थापन समितिका अध्यक्ष लगाएत सदस्यहरूको वडाध्यक्षको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले संघिय शिक्षा ऐन, नियमावली र स्थानिय शिक्षा ऐन नियम बमोजिम विद्यालय व्यवस्थापन समितिको बैठक समितिका अध्यक्षले बोलाउनु पर्नेमा नियम विपरीत तुलसीपुर–१९ का वडाडध्यक्ष तथा विद्यालय विव्यसको पदेन सदस्य प्रेमनाथ योगीले भदौँ ३० गते आइतबार बैठक बोलाएको प्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
वडाध्यक्षले प्रधानध्यापको कुर्सीमा बसी आफ्नो अध्यक्षतामा बैठक बसालेर विविध निर्णय गरी शिक्षक कर्मचारीको बैठक पुस्तिकामा समितिको सदस्य समेत नरहेको व्यक्ति शिक्षक राशिराम पुनले निर्णय लेखेर रजिष्टर आफ्नो कब्जामा लिएको हुँदा उनीको विज्ञप्ति मार्फत आपत्ति जनाएका छन ।
विद्यालयमा व्यवस्थापन समिति प्रधानाध्यापक हुँदाहुँदै आफूहरुको मानहानी हुनेगरी अवान्छित कार्य गरेको हुँदा आफूहरुको गम्भीर ध्यानकर्षण भएको जनाएका छन् ।
![](https://pradeshpatra.com/wp-content/uploads/2024/09/07ab56de-4725-455a-a846-0b6e6089cbe1-1.jpeg)
साथै स्थानिय वडा सरकारको अध्यक्ष जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले आगामी दिनहरुमा सयौँ बालबालिकाहरू अध्ययन गर्ने पवित्र विद्याको मन्दिरमा यस्ता गैर जिम्मेवारपूर्ण गतिविधि नगर्न समेत विव्यस अध्यक्ष चेता घर्ती, सदस्यहरु निर्मला वली, चन्द्रबहादुर खड्का, प्रधानध्यापक देविराम वली र शिक्षक प्रतिनिधि भागवत बस्नेतले विज्ञप्ति मार्फत अनुरोध गरेका छन् ।