काँकडभिट्टाबाट दाङको लागि छुटेको वस दुर्घटना हुँदा एकको मृत्यु

रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचिएर सोमबार बिहान यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ४२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका–५ का चेतन राय यादव रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये आठ जनाको अवस्था गम्भीर रहेको छ । काँकडभिट्टाबाट दाङको लागि छुटेको ना ८ ख ११६४ नम्बरको बस गए राति १ बजे दुर्घटनामा परेको थियो ।

अनियन्त्रित भई पुलदेखि ८ मिटर तल पल्टिँदा बसमा सवार सबै घाइते भएका थिए। घाइतेमध्ये ३४ जनाको निजगढ स्थित सामुदायिक प्रसूति गृह अस्पतालमा र नौ जनाको सि।टी अस्पतालमा भइरहेको छ ।

प्रसूति गृहमा उपचाररत मध्ये छ जना र सि।टी अस्पतालमा उपचाररत मध्ये दुई जना गरी आठ जना बिरामीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर सुमित कुश्वाहाले बताए ।

उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस