काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बंगाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।
सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
क्जष्खबm ऋझभलत
कोशी, बागमती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका पूर्वी भू(भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
मंगलबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली देखि साधारणतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराईका एक(दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू(भाग तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।


