अन्तराष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा बतृत्वकला

हेमन्तपुर । १६ औं अन्तराष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा मावि स्तरीय बतृत्वकला कला सम्पन्न भएको छ। पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र नेपालको आयोजनामा बुधबार हेमन्तपुरमा बतृत्वकला कार्यक्रम भएको थियो ।

संस्थाका कार्यवाहक अध्यक्ष जितलाल चौधरीको अध्यक्षतामा एवं तुलसीपुर उपमहानगरपालिकाका आर्थिक संयोजक एवं वडा नम्बर १८ का वडाध्यक्ष माधव वलीको प्रमुख आतिथ्यता तथा सब डिभिजन बन कार्यालय बिजौरीका अधिकृत सुर्य बस्नेत र बिसिएनका भुपाल नेपालीको विशिष्ट आतिथ्यमा भएको थियोे ।

तुलसीपुरका वडा नम्बर १७, १८, १९ का गरी ११ वटा मावि का २१ जना छात्र छात्राहरूको बतृत्वकला कला प्रतियोगितामा सहभागी भएका थिए । जसको निर्णायक मण्डलमा बुद्धिजीवी डिल्लिराज अधिकारी, बिसिएनका जीव विज्ञ दिलिप चन्द रहेका थिए ।

प्रतियोगितामा प्रथम लक्ष्मी मावि हेमन्तापुरका रक्षा खड्का, दोस्रो शान्त्वना शर्मा , तेस्रो जनकल्याण माविका धन्याल बस्नेत भएका थिए । प्रतियोगितामा प्रथम , दोस्रो, तेस्रो हुनेलाई नगद पुरस्कार स्वरुप क्रमशः ३ हजार , २ हजार १ हजार र प्रमाण पत्र दिइएको थियो ।

संस्थाकी सदस्य बालिका तिवारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाकी अधिकृत साधना शर्माले गरेकी थिइन् ।

प्रकाशित मिति : २०८१ भाद्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस