घोराही / बैदिक सनातनी नेपालीहरुको मौलीक पर्व हरितालिका तीजको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन दाङले घोराहीमा तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य सरिता देवकोटाले मौलीकताले भरिएको तीज पर्व पुरुष र महिलाहरु दुवैका लागि एकदमै महत्वपूर्ण छ । आफन्त प्रियजनहरू संगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौं देखि चलि आएको जिवन्त संस्कृति हो । सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइनकि सामाजिक सद्भाव र मौलीकताको लागी एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्ने माजोड दिइन ।
केन्द्रीय सदस्य देवकोटाले सामाजिक सद्भाव कायम गर्न सदियौँ पहिले देखि मनाउँदै आएको तीज पर्व लगायत अन्य चाडपर्व पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरिन । उनले महिलाहरुलाई संविधानले दिएको अधिकार सुनिश्चित भए पनि कति प्रतिशत महिला कार्यकारी पदमा पुगे भन्ने कुराको समीक्षा हुन आवश्यक रहेको करामा जोड दिइन । उनले समाज परिवर्तनमा महिलाको महत्वपूर्ण भूमिका हुने बताइने । एउटा महिला शिक्षित भए परिवार शिक्षित हुने भएकोले शिक्षामा जोड दिनु पर्ने उनको धारणा थियो । उनले पार्टीलाई बलियो बनाए अवसर अवश्य नै प्राप्त हुने बताउदै काम नगरी नेतृत्व तहमा पुग्न नसकिने उल्लेख गरिन । पार्टीको कामसँगै सामाजिक सेवामा लाग्न उनले महिलाहरुलाई आग्रह समेत गरिन ।
त्यस्तै गरि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकि केन्द्रीय सदस्य बिमला घर्तिले महिला नेतृत्वको योगदान र आन्दोलनका कारण आफू यो पदमा पुग्न सफल भएको बताइन त्यसै गरि अर्कि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकि केन्द्रीय सदस्य उषा राणाले महिलाहरुले गरेको आन्दोलन र योगदानकै कारण अनिवार्य रुपले महिलाहरु पदमा पुगेको बताईन । अरुलाई गाली गरेर हुँदैन । नेतृत्व तहमा पुग्ने क्षमताको विकास गर्नु पर्नेमा उनले जोड दिइन । उनले सवै दिदी बहिनीहरुलाई ‘जातीय, क्षेत्रीय भावना त्यागेर राष्ट्रिय भावनाको विकास गर्नु पर्नेमा आग्रह गरिन ।
उक्त कार्यक्रममा राप्रपा दाङ जिल्ला अध्यक्ष किशोर न्यौपाने , जिल्ला उपाध्यक्ष प्रेम शाह ,केन्द्रीय सदस्यहरु , लुम्विनी प्रदेशका प्रतिनिधि, पुर्व केन्द्रीय सदस्यहरु लगायतले तीजको अवसरमा दिदी बहिनीहरुलाई शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश सदस्य सिर्जना पाण्डेले गरिएकी थिईन भने कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन दाङकी जिल्ला अध्यक्ष जानुका बस्नेत पोख्रेलको अध्यक्षतामा भएको थियो भने सहभागी महिलाहरुलाई हरितालिका तीजको औवसरमा पोते र टिका प्रदान गरिएको थियो । उक्त कार्यक्रममा २५ं० भन्दा बढीको सहभागिता रहेको थियो ।