बिजौरी । नेपाल संस्कृत विश्वविद्यालयमा वेतिथिका श्रृंखला जारी छन् । निरन्तरका वेतिथिका कारण नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डि तालझुण्डि विश्वविद्यालयका रुपमा स्थापित हुदै गएको छ । तलावन्दी मात्र होइन विद्यार्थी संगठनहरुबाट आफ्नै कार्यालय भवन तोडफोड र कुर्चि भाच्ने काम समेत हुन थालेपछि विश्वविद्यालय व्यवस्थापन पक्षले सुरक्षा निकाय गुहार्ने अभ्यास पनि सुरु भएको छ ।
अघिल्लो साता नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यपिठमा एउटा दुर्भाग्यपुर्ण घटना घट्यो । नेपाल सरकारले शैक्षिक प्रतिष्ठानहरुलाइ शान्ति क्षेत्र घोषणा गरीरहंदा वार्ताका नाममा विद्यार्थिहरुले आफ्नै क्याम्पसका प्राचार्यलाई कोठाभित्र राती ११ बजे सम्म बन्धक बनाउछन्, अनि प्राचार्यले प्रहरी बोलाएर विद्यार्थि कुटाउने जस्ता हर्कत पनि अव नेपाल संस्कृत विश्वविद्यालयकालागि नौलो रहेन । वार्ताकै क्रममा प्राचार्यलाइ कोठाभित्र बन्दी बनाइएपछि इलाका प्रहरी कार्यालय मात्र नभएर जिल्ला प्रहरी कार्यालयबाटै गएको प्रहरीको टोलिले करीव आधा दर्जन विद्यार्थिहरुलाइ मध्यरातमा निर्मम कुटपिट गरी घाइते बनायो । बन्दी प्राचार्यलाई प्रहरी भ्यानमा हालेर मुक्त गरियो, घाइते विद्यार्थिहरुलाइ उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरियो ।
संस्कृत विश्वविद्यालयमा यस्ता जघन्य विकृतिहरु भैरहंदा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिले राजीनामा दिइसकेका छन्, रजिष्टार लगायत अन्य पदाधिकारीहरु पनि विदामा छन् । यस्तो विभत्स घटनाका सन्दर्भमा अहिले न विद्यार्थिहरुले बोल्न सकेका छन्, नत विश्वविद्यालय व्यवस्थापन पक्षलेनै । अनय सवै निकायमा विद्यार्थीहरु रित्तिदै गएको अवस्थामा विद्यार्थी भएको संस्था भनेकै आयुर्वेद स्नातक तह (विएएमएस) । यहां पनि एक पछि अर्कोे माग राख्दै निरन्तर तालावन्दी भएपछि यहां अध्ययन गर्ने विद्यार्थिहरुको भविस्यनै अन्योलमा परेको छ । शैक्षिक क्यालेन्डर अनुसार त विश्वविद्यालयले इन्र्टनल इक्ज्याम समेत गराउन नसकेको विद्यार्थीको आरोप छ । यसमा परिक्षा नियन्त्रण कार्यालयको पनि दोष छ । तयार भैसकेको परिक्षाको नतिजालाई सार्वजनिक गर्न साइत कुरेर बस्दा परिक्षा नियन्त्रण कार्यालयमा समेत विद्यार्थीहरुले तोडफोड गरे । जव कार्यालय तोडफोड भयो, त्यसको लगत्तै नतिजा सार्वजनिक भयो ? के परीक्षाको नतिजा सार्वजनिक गराउनलाई पनि विद्यार्थीहरुलाइ तोडफोडमा उचाल्न विद्यालय व्यवस्थापन बाध्य छ ? आम नागरिकहरुको यहि प्रश्न छ ।
यसै साता भएको तोडफोड र वार्तामा सहायक प्राचार्यलाइ बन्दी बनाइएको तथा प्रहरी झिकाएर विद्यार्थीहरुलाई कुटाएको विषयमा केन्द्रिय आयुर्वेद विद्यापिठका प्राचार्य रामचन्द्र अधिकारीको तर्क भने वेग्लै छ । अघिल्लो दिन विश्वविद्यालयमा तोडफोड भएपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा प्रहरी प्रधान कार्यालयमा समेत आफुले सुरक्षा माग गरेको क्याम्पस प्रमुख अधिकारीले स्वीकारेका छन् ।
बर्षभरीमा नेपाल संस्कृत विश्वविद्यालय सायद तीन महिना पनि नियमित रुपमा खुल्न सकेको छैन । राज्यको लगानी थपिदै गर्दा यहां अध्ययन गर्ने विद्यार्थी हराउदै गएका छन् । संस्कृतीको संरक्षण, सम्वद्र्धन र विकाश संगै संस्कृत शिक्षाको पुन्य थलोका रुपमा स्थापना गर्ने उद्देश्यले स्थापित नेपाल संस्कृत विश्वविद्यालयको गरिमा दिन प्रतिदिन दयनिय मात्रै छैन । गुरु चेलाका बीचको सम्बन्ध सत्ता पक्ष र प्रतिपक्षको जस्तै छ । भागवण्डामा नियुक्त भएका पदाधिकारीहरुले विभागिय जिम्मेवारी निर्वाह गर्नुको साटो एक अर्कामा आरोप प्रत्यारोप मात्र नभएर कारवाहि गर्ने समेतका हर्कत पदाधिकारीहरुमा देखिएको छ । तर राज्यका निकायहरु स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारहरु यसको मुकदर्शक मात्र बनिरहेका छन् ।
यसै साता भएको तोडफोड र वार्तामा सहायक प्राचार्यलाइ बन्दी बनाइएको तथा प्रहरी झिकाएर विद्यार्थीहरुलाई कुटाएको विषयमा केन्द्रिय आयुर्वेद विद्यापिठका प्राचार्य रामचन्द्र अधिकारीको तर्क भने वेग्लै छ । अघिल्लो दिन विश्वविद्यालयमा तोडफोड भएपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा प्रहरी प्रधान कार्यालयमा समेत आफुले सुरक्षा माग गरेको क्याम्पस प्रमुख अधिकारीले स्वीकारेका छन् । तर निर्घात हुने गरी विद्यार्थीलाइ किन कुटपिट गरियो, यो कसले आदेश दियो भन्नेमा आफु पनि अन्योलमा रहेको बताएका छन् ।
‘अस्तीको घटनाका विषयमा विद्यार्थिको तेस्रो प्रोफेस्नलको रिजल्ट भएको थियो । मैले निमित्त दिएर काठमाण्डौ गएको थिएं । विद्यार्थीले पनिकामा तोडफोड गरेपछि रिजल्ट आउट भएछ । मंगलवार विश्वविद्यालय विद्यापीठमा गएर विद्यार्थिहरुले ढुंगामुढा गरेर तोडफोड गरेछन् । त्यसपछि वार्तामा बसे । त्यसपछि वार्तामा क्याम्पस चिफ ल्याइदिनु पर्यो भनेर सहायक क्याम्पस चिफलाई भनेपछि म प्लेनबाट काठमाण्डौबाट फर्केर वार्तामा बसे’, प्राचार्य अधिकारी भन्छन् ।
प्राचार्य अधिकारीका अनुसार तालावन्दीले सर्टिफिकेट थुनिएका थिए । क्याम्पस प्रशासनले ताला खोलिदिएपछि सर्टिफिकेट दिने भनिरहेको थियो । तर ताला खुल्ने वातावरणनै बनेन । आफुले त्यो साझ राती भयो, अव भोलि वार्तामा बसौला भनेपछि केहि विद्यार्थीहरु फर्के पनि, तर केहि विद्यार्थीहरुले फेरी क्याम्पस चिफकोमा प्रवेश गरेर सरले पुलिस बोलाउनु भएको होर भने । प्रहरीले चुकुल खोल्न भन्दा विद्यार्थीले खोल्न मानेनन् । अनि प्रहरीले वल प्रयोग गरेर चुकुल खोल्यो । आफु सहित सहायक प्राचार्य र अर्का एक कर्मचारीलाई प्रहरी भ्यानमा राखेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा लगेको प्राचार्य अधिकारी बताउछन् ।
अधिकारीको बुझाइमा पनि विद्यार्थीलाई प्रहरीले कुटपिट गर्नु निकै गलत भयो । वरु भ्यानमा हालेर लगेको भए हुन्थ्यो भन्दै उनले आफु घाइते विद्यार्थीलाइ अस्पताल भेट्न जान्छु भन्दा पनि इप्रकाका डिएसपीले जान नदिएको बताए । भित्रको वार्तामा ताला खोल्ने पटक पटक सहमति हुन्छ, तर विद्यार्थी प्रतिनिधि जव वार्ताको कोठाबाट वाहिर आउछन्, फेरी अर्कै कुरा हुन्छ, यसका कसले खेल खेलिरहेको छ भन्नेमा क्याम्पस प्रमुख पनि अन्यौलमा छन् ।
सो घटना पछि पास भएका विद्यार्थीहरुका इन्टर्नशिपकालागि पठाइसकेको क्याम्पस प्रमुखले बताएका छन् । अन्य विषयमा पनि विभिन्न कोणबाट छलफल चलिरहेको उनको अभिव्यक्ति थियो ।
विद्यार्थी नेताहरुले भने शैक्षिक क्षेत्रभित्र प्रहरी प्रवेश गराएर विद्यार्थीहरुलाई निर्मम तरिकाले कुटपिट गरी गम्भीर घाइते बनाउनु भनेको क्याम्पस प्रशासनको भुमिका रहेको बताएका छन् । स्ववियु सभापति हेमन्त बन्जाडेले आफु पनि गम्भीर कुटाइमा परेको बताएका छन् । ताला खोल्ने विषयमा अखिल क्रान्तिकारीका साथीहरुसंग पनि एक पटक बसेर जिम्मा लिन सक्छन् भने ताला खोल्ने भनेर सल्लाह गर्न वाहिर निस्केका थियौं, तर फेरी वार्तास्थलमा जान हामी बाध्य भयौं’, बन्जाडेले भने । उनले आफुहरुले क्याम्पस चिफलाइ जोगाउन ढोका बन्द गरेको बताए । तर त्यसपछि पुलिस एकाएक आएर चुक्कुल जवर्जस्त खोलेर क्याम्पस प्रमुखको कोठामा प्रवेश गरी उहांहरुलाई भ्यानमा हालेर लगिएको र विद्यार्थीहरु माथी कुटपिट भएको उनले बताए । प्रहरीले निर्घात रुपमा कुटपिट गर्ने वेला जम्मा ६ जना विद्यार्थीहरु मात्र त्यहां थिए । केहि विद्यार्थीहरुले झाडिमा लुकेर पनि आफुलाई जोगाएको उनको अभिव्यक्ति थियो । अघिल्लो पटक पनि चोरबाटोबाट डकुमेन्ट दिने गरिएको थियो, अहिले पनि त्यहि बाटोबाट डकुमेन्ट दिने देखिएकाले वार्ता गरौं भनेर वार्तामा बसेको विद्यार्थि नेता बन्जाडेको अभिव्यक्ति छ । ‘नतिजा दिन ढिला भयो भनेर चाडै सर्टिफिकेट दिन आग्रह गरेका थियौं, तर क्याम्पस प्रमुखले मानेनन्’, उनले भने नतिजा प्रकाशन गर्नकै लागि पनि विद्यार्थिले परीक्षा नियन्त्रण कार्यालय तोडफोड गर्नुपरेको थियो । परिक्षा नियन्त्रकले रजिष्टारलाइ दोष देखाइरहन्थे, तर रजिष्टार भिसिबाट निलम्वनमा परेका थिए । परिक्षा समितिको अध्यक्ष रजिष्टार रहने विद्यालयको विनियममा छ । यहि कारण पनि विश्वविद्यालय केन्द्रिय आयुर्वेद विद्यपिठ अहिले संकटग्रस्त अवस्थामा छ ।
विद्यार्थीका देखाउने माग भनेका एउटा इ लाइव्रेरीकालागी बजेट व्यवस्थापन, धनवन्तरी र सरस्वतीको मन्दिर बनाउने, अनलाइन पेमेन्टको व्यवस्थापन गर्ने, प्रयोगशालामा सर्जिकल इक्युपमेन्टको व्यवस्थापन र ओपिडि सन्चालनको माग थिए । तर भित्रि मागका विषयमा भने सवै अन्योलमा छन् । विश्वविद्यालयमा कहां कसको स्वार्थ जोडिएको हुन्छ र विद्यार्थिहरुलाइ आन्दोलनमा उस्काईन्छ भन्ने विषयनै रहस्यमय बनेको छ । यसमा विश्वविद्यालय पदाधिकारीहरु समेत खुल्न नचाहंदा नेपाल संस्कृत विश्वविद्यालय अहिले संकटग्रस्त अवस्थामा छ ।
यो विषयमा राजिनामा दिइसकेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादव लामिछानेले भने, ‘शक्तिका अगाडि न्यायले केहि काम गर्ने अवस्था रहने रहेनछ, विश्वविद्यालयलाई यति सम्म लुछेका छन् कि कुनै दिन हांगाविगा पनि बाकि रहने छैनन् ।’ के होला विश्वविद्यालयको भविस्य? अव यहांको स्थानिय सरकार, प्रदेश सरकार तथा संघिय सरकारले समेत यो विषयलाई गमभीरता पुर्वक लिनुपर्ने सरोकारवाला नागरिक एवं जग्गा दाताहरु बताउछन् ।
साक्षी खबरबाट साभार


