आज वि.सं २०८१ भाद्र ३ गते सोमबार, ई.स. २०२४ अगस्ट १९, तिथि- श्रावण शुक्लपक्ष पूर्णिमा, श्रवण- नक्षत्र, ०८ः५४ बजेपछि धनिष्ठा, सौभाग्य- योग, भद्रा- करण, चन्द्रराशि- मकर, सूर्योदय- ५ः३७, सूर्यास्त- १८ः३६ ।
मेष : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।
मिथुन : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
कर्कट : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
सिंह : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
कन्या : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।
वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।
धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।


