आज तपाईंको राशिफल यस्तो रहेको छ हेर्नुहोस

आज वि.सं २०८१ साउन ३१ गते बिहीबार, ई.स. २०२४ अगस्ट १५, तिथि- श्रावण शुक्लपक्ष दशमी, ५ः५८ बजेपछि एकादशी, ज्येष्ठा- नक्षत्र, ९ः५४ बजेपछि मूल, वैधृति- योग, गर- करण, चन्द्रराशि- वृश्चिक, सूर्योदय- ५ः३५, सूर्यास्त- १८ः४० ।

मेष : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

वृष : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

मिथुन : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

कर्कट : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

सिंह : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

कन्या : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

तुला : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

वृश्चिक : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

धनु : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।

मकर : प्रेमी प्रेमिकामा केही किचलो निम्तनेछ ।

कुम्भ : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

मीन : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस