दाङमा ३७ हजार हेक्टरमा रोपाई

दाङ । दाङमा यस वर्षको धान रोपाईं सकिएको छ । कृषि ज्ञान केन्द्र दाङले ३७ हजार दुई सय २५ हेक्टर जग्गामा धान रोपाईं भएको जनाएको छ । गत वर्ष ३५ हजार तीन सय ८४ हेक्टरमा धान रोपाईं भएकोमा यस वर्ष पोहोर भन्दा बढी क्षेत्रफलमा रोपाईं भएको छ ।ज्ञान केन्द्रले दिएको जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिकामा आठ हजार तीन सय १५ हेक्टर, घोराही उपमहानगरपालिकामा सात हजार एक सय ७३ हेक्टर, दंगीशरण गाउँपालिकामा पाँच हजार सात सय ६८ हेक्टर, राप्ती गाउँपालिकामा तीन हजार पाँच सय ७६ हेक्टर, लमही नगरपालिकामा तीन हजार चार सय ६० हेक्टर, बबई गाउँपालिकामा दुई हजार चार सय सात हेक्टर, गढवा गाउँपालिकामा दुई हजार एक सय १५ हेक्टर, शान्तिनगर गाउँपालिकामा एक हजार आठ सय ७० हेक्टर, राजपुर गाउँपालिकामा एक हजार चार सय ९९ हेक्टर र बंगलाचुली गाउँपालिकामा एक हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ ।

गत वर्ष तुलसीपुर उपमहानगरपालिकामा सात हजार तीन सय १५ हेक्टर, घोराही उपमहानगरपालिकामा सात हजार दुई सय ४८ हेक्टर, दंगीशरण गाउँपालिकामा चार हजार नौ सय ७२ हेक्टर, राप्ती गाउँपालिकामा तीन हजार सातसय ६७ हेक्टर, लमही नगरपालिकामा तीन हजार एक सय छ हेक्टर, बबई गाउँपालिकामा दुई हजार एक सय ८९ हेक्टर, गढवा गाउँपालिकामा एक हजार सात सय ९४ हेक्टर, शान्तिनगर गाउँपालिकामा एक हजार तीनसय ९१ हेक्टर, राजपुर गाउँपालिकामा एक हजार दुई सय ७३ हेक्टर र बंगलाचुली गाउँपालिकामा छ सय ३३ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । बाह्रैमास सिंचाई सुविधा भएका, खोला आसपासका र दुई बाली फल्ने देउखुरीका अधिकांश खेतमा महिना दिन अगाडि नै रोपाईं सकिएको थियो भने दाङका सिंचाई नपुगेका बाँकी क्षेत्रमा पनि रोपाईं सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस