आज वि.सं २०८१ साउन १८ गते शुक्रबार, ई.स. २०२४ अगस्ट २, तिथि– श्रावण कृष्णपक्ष त्रयोदशी, नक्षत्र– आर्द्रा, १२ः१४ बजेपछि पुनर्वशु, हर्षण– योग, वणिज– करण, चन्द्रराशि– मिथुन, सूर्योदय– ५ः२८, सूर्यास्त– १८ः५० ।
मेष : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।
वृष : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।
मिथुन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
सिंह : सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
तुला : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
धनु : अवसरका लागि केही त्याग गर्नुपर्ला ।
मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।
मीन : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।


