अन्यौलमा विए.एम.एस., सरकार सुन्दैन, विश्वविद्यालय सक्दैन

बेलझुण्डी । राष्ट्रिय चिकित्सा आयोगले हरेक मेडिकल कलेजहरुलाइ शिक्षण अस्पताल बनाउन अन्तिम चेतावनी दिइरहेको छ । तर धेरै मेडिकल कलेजहरु शिक्षण अस्पताल विनै सन्चालनमा आइरहेका छन् । यहि भिडमा नेपाल संस्कृत विश्वविद्यालय माताहतको आयुर्वेद चिकित्सा अध्ययन संस्थान माताहतको केन्द्रिय आयुर्वेद विद्यपिठ पनि संकटको घेरामा छ । किनकि क्याम्पस सन्चालनको दशक सम्म पनि संस्थानले आफ्नै मेडिकल कलेज बनाउन सकेको छैन।

एक चरण अहिले विएएमएस कक्षा सन्चालन भएको भवनको तल्लो तलामा शिक्षण अस्पताल निर्माणको प्रक्रिया सुरु भएको थियो । कम्तिमा ७५ वेडको शिक्षण अस्पताल सहित केहि विशेषज्ञ चिकित्सकहरुबाट ओपिडि कक्षा समेत सन्चालनमा थियो । अस्पतालले आफ्नै फार्मेसी पनि सन्चालनमा ल्याएको थियो । केहि विरामी आउने क्रम पनि सुरु हुदा त्यहां अध्ययनरत प्रशिक्षार्थिहरु पनि हौसिएका थिए । आफ्नै प्रयोगशाला पनि थियो । तर जव मुलुकमा कोरोनाको भाइरसको संक्रमण सुरु भयो, शिक्षण अस्पताललाइ प्रदेश सरकारले कोरोना विशेष अस्पताल बनायो । जुनवेला मुख्य मन्त्री शंकर पोख्रेल थिए । रजिष्टार माधव अधिकारी थिए । सहजै विस्थापित भयो, आयुर्वेदको शिशक्षण अस्पताल । कोरोकाको कहर करीव तीन बर्ष चलिरहंदा प्रदेश सरकारले त्यहांका विद्यार्थिको शिक्षण अस्पतालका नाममा एकिकृत अस्पताल निर्माणका लागी केहि बजेट पनि दियो । अस्पताल भवन शिलान्यास पनि भयो। तर यो अस्पताल पनि अहिले बीचैमा अलपत्र परेको छ । यसले विद्यार्थिहरुलाइ शिषण अस्पतालको कुनै विकल्प छैन ।

अहिले सम्मका व्याचले विजौरीको प्रादेशिक आयुर्वेद चिकित्सालयलाइ शिक्षण अस्पतालका रुपमा प्रयोग गर्दै आएका थिए । अव संभवतः सो अस्पतालमा पनि सहज रुपमा विएएमएसका विद्यार्थिहरुलाइ प्राक्टिसको सहज वातावरण हुन सक्ने छैन। यहि पिडामा अस्पतालका डिन स्थानिय हेरेको छैन, अस्पताल बनाउन विश्वविद्यालयसंग एक पैसा पनि छैन’, अस्पतालका भिसि प्राध्यापक यादव लामीछानेले भने । यो अवस्थामा अव चिकित्सा शिक्षा अध्ययन संस्थानले विएएमएस कक्षाका लागी निरन्तरता दिन सक्ने छैन ।

प्राध्यापक लामीछानेका अनुसार केहि दिन अघि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसंगको कुराकानीमा पनि मेडिकल कलेज चलाउन कम्तिमा पनि दुइ सय वेडको आफ्नै अस्पताल चलाउनु पर्ने छ । तर नेपाल संस्कृत विश्वविद्यालयसंग त्यो हैसियत छैन । नेपाल संस्कृत विश्वविदालयका एक जना पुराना कर्मचारी भन्छन्, शिक्षण अस्पताल बनाउने प्रक्रियालाइ यहांका पदाधिकारीले कुनै पनि चासो देखाएनन् । यहि कारण कोरोना काल अघि निर्माण भएका भौतिक संरचना, प्रयोगशाला, एचडियु वेड लगायतका उपकरणहरु सवै अस्पताल खालि गराउदा तुलसीपुर स्थीत राप्ती प्रादेशिक अस्पतालमा लगिए । तर नेपाल संस्कृत विश्वविद्यालयसंग यो बीचमा केकति वेढहरु वाहिर लगिए भन्ने कुनै जानकारी छैन । कोरोना अस्पताल सन्चालनकै लागी व्यवस्थापकिय जिम्मेवारी लिएका त्यहिकै कर्मचारीहरुले पनि यो विषयमा कुनै चासो देखाएका छैनन् ।

नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीहरु बीच आवस्यक समन्वय नहुदा जिल्लाकै गौरवको विषय रहेको आयुर्वेद स्नातक तहको कक्षा समेत बन्द हुने अवस्थामा रहेको छ । यो विषयमा यहांका राजनितिक दलका नेता तथा जग्गा दाता तथा वेलझुण्डि क्षेत्र विकाश समिति समेत मौन रहेका छन् । यसले गर्दा पछिल्लो समयमा नेपाल संस्कृत विश्वविद्यालय माताहतको आयुर्वेद स्नातक कक्षा समेत अन्योलमा परेको छ । ‘भिसि भन्छन्, बन्दै त नहोला, तर चल्ला भन्ने आधारहरु पनि क्रमश समाप्त हुदै गएका छन् । यसलाइ सरकारले जिम्मा लिएन भने विश्वविद्याालय व्यवस्थापनले यसलाइ थेग्न सक्ने अवस्था रहने छैन ।

साक्षी खबर पत्रिकावाट साभार

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस