किवानिज इन्टरनेशनल डिभिजन ५ को अधिबेशन: सामाजिक क्षेत्रमा काम गर्ने नगर प्रमुख खड्काको प्रतिवद्दता

तुलसीपुर । किवानिज इन्टरनेशनल नेपाल डिभिजन ५ को अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ।

किवानीज इन्टरनेशनल डिभिजन ५ का अध्यक्ष भुपाल रावतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको हो। अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि टिकाराम खड्काले स्थानीय सरकार सामाजिक संघसंस्थासँग साझेदारी गर्न तयार रहेको बताउनु भएको छ । समुदायसँग जोडिएर काम गर्नका लागि यस्ता खाले संघसंस्थाहरूको महत्वपूर्ण भूमिका रहने भन्दै उहाँले स्थानीय सरकार किवानिज क्लबसँग साझेदारी गर्न तयार रहेको बताउनु भएकोे हो । यस क्लबले विभिन्न समुदायका बालबालिकाहरूको शिक्षा स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताएका थिए।


बालबालिकालाई सहयोग गर्ने भूमिका खेल्ने संस्थाको रुपमा किवानीस स्थापित भएको भन्दै उहाँले प्रशंसा समेत व्यक्त गर्नु भयो । विशेषगरी विपदको समयमा किवानीसले सहयोगी हात फैलाउने काम गरेको र नागरिक समुदायसँग नजिक भएर काम गरेको उहाको भनाइ थियो। स्थानीय सरकारको अनुमतिमा रहेर सामाजिक काम गर्न अघि बढियो भने उक्त काम सफल हुने भन्दै स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा आफूले स्वीकृति प्रदान गर्ने उनको प्रतिबद्धता थियो।

कार्यक्रममा क्लबका इन्टरनेशनल ट्रस्टी मोहन लम्सालले विशेषगरी बालबालिकाको शिक्षा स्वास्थ्य बालमैत्री वातावरण हरियाली प्रवर्द्धन खेल र बालबालिकामा नेतृत्वको विकास गर्ने उद्देश्यले स्थापित भएको जानकारी गराउनु भएकोे थियो । १०९ वर्ष पुरानो यस संस्थाले सेभ द चिल्ड्रेन अफ द वर्ल्ड भन्ने मुख्य भावनासहित काम गर्दै आएको बताउनु भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत रहेका विभिन्न क्षेत्रका क्लबहरूलाई बालबालिकाको क्षेत्रमा थप सक्रिय भएर काम गर्न आग्रह समेत गर्नु भएको छ ।


एलटि गभर्नरमा रावत, र एलेक्ट एलटि गभर्नरमा श्रेष्ठ

यसैबीच अधिवेशनले एलटी गभर्नर र एलेक्ट एलटी गभर्नर गरेको छ।
किवानिज इन्टरनेशनल नेपाल डिभिजन ५ को अधिवेशनबाट वर्ष २०२४/०२५ का लागि एल टि गभर्नरमा भुपाल रावत र एलेक्ट एल टि गभर्नरमा अमनमान श्रेष्ठ निर्वाचित निर्वाचित हुनु भएको छ । कार्यक्रममा ईन्टरनेशनल बोर्ड अफ ट्रष्टी मोहन लम्साल, डिष्ट्रीक्ट गर्भनर तिर्थ कुमार सिंह, डिष्ट्रीक्ट गभर्नर इलेक्ट कृष्णप्रसाद ज्ञवाली, भाइस गर्भनर डा. रामशरण थपलिया, डिष्ट्रीक्ट ट्रेजर शिव काफ्ले, डिभिजन ६ का ल्युटिनेन्ट गर्भनर रामहरी सुवेदी, रिजन को-अर्डिनेटर चियर भरत प्रसाद ढुङ्गेल, डिभिजन ६ का ल्युटिनेन्ट गर्भनर डेजिग्नेट विकास लम्साल, डिभिजन ५ का पूर्व ल्युटिनेन्ट गर्भनर दिपेश शाही लगाएतकाले शुभकामना दिएका थिए।


सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले बालबालिकाका क्षेत्रमा परोपकारी सेवा गर्दै आएको सो अन्तर्राष्ट्रिय संस्थाले विशेष गरी नेपालमा बालबालिकाको शिक्षा, स्वास्थ्य र वातारणको क्षेत्रमा मानवीय सेवा गर्दै आएको छ ।

यसैबीच सरयु गङाको पदभार गरिएको थियो ।

नेपालमा भने सन् २०१५ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिकाको क्षेत्रमा लक्षित विभिन्न कार्य गर्दै आएको छ । डिभिजन–५ अन्तर्गत दाङमा ९ , रुपन्देहिमा २ र नवलपरासी मा १ गरि हाल जम्मा १२ वटा किवानिज क्बल रहेका छन् ।

कार्यक्रममा डिभिजन ५ का कोसाध्यक्ष बसन्त श्रेष्ठले किवानिजको उद्देश्यको पाठ गर्नु भएको उक्त कार्यक्रमको सहजीकरण डिभिजन ५ का सचीव बंशि कुमार शर्माले गर्नु भएको थियो ।

कार्यक्रमको धन्यवाद लर्ड बुद्ध क्लबका एलेक्ट उपाध्यक्ष नारायणी रजौरेले धन्यवाद ज्ञापन गर्नु भएको थियो । सो अवसरमा डिभिजन ५ का १२ वटा किवानिज क्लबले आफ्ना क्लबको बार्सिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस