भो नेसविका नौटंकि ? ‘चलाउ वा कोल्याप्स गर’

वेलझुण्डी । नेपाल संस्कृत विश्वविद्यालयमा फेरी ताला लाग्यो भनेर एक जना विद्यार्थि नेताले फोन गरे । मैले त्यसलाइ स्वाभाविक रुपमा लिए । किनकि ताला लगाउनुको लिखित माग शैक्षिक थिए, अनिलखित वार्गेनिङ जागिर, सरुवा र भढुवा थिए ।
किनकी नेपाल संस्कृत विश्वविद्यालय अहिले चलाउ या बन्द गर भन्ने स्थीतिमा छ । सरकारले दिएको अनुदान, अनाहकको पेन्सन, अनि औचित्य विहिनको भ्रमण भत्ता ।

दाताहरु रोएको नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीलाइ थाहा छैन । आफ्नालाइ छानीछानी भर्ना गर्ने अभ्यास । केहि कार्यकालमा त पैसाको मोलतोलमा पनि भर्ना । कहिले छनौट समिति, कहिले सेवा आयोग । सक्षम नेतृत्वको पहँुच विश्वविद्यालयमा पुग्नै सकेन । पावरशेयरीङमा चलेको विश्व विद्यालयमा अहिले वेल र आप वाहेक केहि छैनन् ।


पदाधिकारीले कर्मचारी भर्ना गर्ने प्रबृत्ति सवै कार्यालयमा हुन्छ । पन्चायत कालमै नियुक्त भएका उपकुलपति हरीदेव मिश्रले चालक नपाएर वघौसीका विष्णु केसीलाइ घरमै गएर ल्याएका थिए । उनी नेसविका सवैभन्दा पुराना चालक हुन् । उनै मिश्रले एक जना भान्से नियुक्त गरेका थिए, सुरेन्द्र झालाइ । त्यो वेलाको नियुक्तीलाइ कसैले अव्जेक्सन उठाएनन्, नत कसैले तालावन्दी गरे ।


त्यसपछिका भिसी कृष्ण प्रसाद आचार्यले कसैलाइ नियुक्त गरेनन् । त्यहि ताका थिए माधवराज गौतम । उनी नेपाली कांग्रेसका प्रभावशाली नेता ढुंडिराज गौतम । उनको पालामा धेरैले जागिर खाए । किनकि त्यो वेला सेवा आयोग हुन्थेन, छनौट समितिले आफ्नोलाइ प्राथमिकता दिएर जागिर खुवाउथे । अहिले नेपाल संस्कृत विश्वविद्यालयबाट पेन्सन खानेहरु सवै त्यहि लटका हुन् ।
त्यसपछिका भिसी चुडानाथ भट्टराइले भने धेरैलाइ जागिर खुवाएन् । एकदुइ जना खरीदारलाइ मात्रै । किनकि जागिर माग्न आउने कोहि थिएनन ।

सवैभन्दा बढि जागिर खुवाउन सफल व्यक्तित्व भनेकै्र तात्कालिन भिसी माधवराज गौतम हुन् । किनकि उनी तात्कालिन नेता ढुण्डराज शास्त्रीका ज्वाइ दिए । उनका पालामा जागिर खानेहरु धेरै अवकासको तयारीमा छन् । किनकि त्यो वेला कम्तिमा ३५ जनालाइ स्वस्फुर्त जागिर थिइएको थियो, भनसुनका भरमा । अहिले नेपाल संस्कृत विश्वविद्यालयका उच्च अहोदाका व्यक्ति तिनै कांग्रेस छन् । तर ती कांंग्रेसहरु पनि एउटै खेमामा छैनन् । भिसिको नियुक्ती अनुकुल भेस वदल्छन् । अनि एमालेको शक्तिशाली पदाधिकारी आएपनि उनैलाइ चाकरी गर्छन ।

द्वन्द्धको सुरुआत
पदाधिकारी नियुक्ती भैरहेको समयमा द्वन्द्धको सुरुआत तात्कालिन रजिष्टार कार्तिकेय झाँको वेला सुरु भएको थियो । उनी आफनो स्वार्थ पुरा गर्न अरुलाइ विभाजित गर्ने । नेपाल संस्कृत विश्वविद्यालयमा भर्खरै चलेको हाइवेको गेट पनि उनकै पालामा निर्माण भएको थियो । उनी वहालमा रहंदला उपकुलपति कुलप्रसाद कोइराला रनभुल्ल थिए ।

शिवहरी मरहठ्ठाको पनि कार्यकाल सुखत बनेन । विदुर पौडेल उपकुलपति हुदा फेरी उनै कार्तिकेय झाले नेपाल संस्कृत विश्वविद्यालयको कुल सचिव सम्हाले । त्यो वेला पनि नेपाल संस्कृत विश्वविद्यालय विरामी जस्तै भयो ।
हो आफु पदीय जिम्मेवारीमा रहंदा जागिर नखुवाएका भिसि पुर्णचन्द्र ढुंगेल मात्रै हुन् । किनकि तर उनको जागिर नखुवाउने नाममा कहि कतै लेखिएको छैन ।


अहिलेको विश्वविद्यालय
अहिलेको नेपाल संंस्कृत विश्वविद्यालय कोल्याप्सको अवस्थामा छ । किनकि फेरी पनि विश्वविद्यालयको समृद्धिको साटो जागिरमै रुमल्लिएको छ । एक दुइ जनालाइ जागिर खुवाउने अनुमति नदिएको भन्दै भिसिले रजिष्टारलाइ निलम्वन गरे । यो नेपाल संस्कृत विश्वविद्यालयका पहिलो इतिहास हो ।


भिसि र रजिष्टार दुवै शक्तिशाली थिए । भिसी नेपाल प्राध्यापक संगठनका केन्द्रिय अध्यक्ष, अनि रजिष्टार नेकपा एमालेका महासचिवका सहदेर भान्जा थिए । रजिष्टार र भिसी विच यहि द्वन्द्ध पदाधिकारी नियुक्त भएसंगै चर्किएको थियो । यहि कारण केहि कर्मचारीलाई करारमा नियुक्त गर्न खोज्दा रजिष्टार अधिकारीले मानेका थिएनन् । यहि विषयमा उपकुलपतिले रजिष्टारलाई पदच्युत गरे । त्यसपछि कार्यकारी बैठकबाट केहि अस्थाई कर्मचारी करारमा नियूक्त गरे । यहि विषय अहिले जिल्लाभरी छाएको छ । के यादव लामिछानेले मात्र केहि कार्मचारी नियुक्त गर्न नहुने ? आम चर्चाको विषय यहि छ ।

कोल्याप्सको अवस्था
नेपाल संस्कृत विश्वविद्यालय कोल्याप्सको अवस्थामा छ । वल्ल तल्ल आयुर्वेद स्नातकको कक्षा चलेको आयुर्वेद अध्ययन संस्थानलाइ प्रयोगात्मक अस्पतालको खाचो छ । त्यसकालागी पदाधिकारीहरुले स्थानिय सरकारसंग अस्पताल माग गरीरहेका छन् । तर स्थानिय सरकारले पनि अस्पताल दिन सकेको छैन । अव विएएमएस कोल्याप्स पनि त हुने होइन? यो आशंकाको विषय बनेको छ । पदाधिकारीहरुलाइ भने यो विषयमा कुनै चिन्ता छैन ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस